आइसिसी विश्वकप लिग-२ अन्तर्गत आज भएको नेपाल र युएईविचको खेलमा नेपालको रोमाञ्चक जित ।
२०८३ बैशाख १८, शुक्रबार ।
आज कीर्तिपुरस्थित त्रिवि मैदान भएको आइसिसी विश्वकप लिग(२ अन्तर्गत युएईविरूद्ध शुक्रबार भएको खेलमा नेपालले ६ रनको जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि मैदान सुरुमा नेपाल दिएको २९० रनको लक्ष्य पछ्याएर युएईले ब्याटिङ गर्दा वर्षाले खेल रोकिएको थियो। युएईले ४.१ ओभरमा १ विकेटको क्षतिमा ३६ रन बनाउँदा खेल रोकिएको थियो। त्यसपछि खेलमा ओभर घटाइएको थियो। युएईले ३८ ओभरमा २५५ रनको नयाँ लक्ष्य पछ्याउँदा ८ विकेटको क्षतिमा २४८ रन बनाउन सक्यो।
मुहम्मद शहदादले ६५, खुजैमा तनवीरले ४९, आर्यान्स शर्माले ३३ तथा अक्षदीप नाथले अविजित ३६ रन जोडे। बलिङतर्फ नेपालका सन्दीप लामिछानेले तीन तथा सोमपाल कामी र नन्दन यादवले दुई–दुई विकेट लिए। त्यसअघि कीर्तिपुस्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन जोड्यो। उपकप्तान दीपेन्द्र सिंह ऐरीले शतकीय पारी खेले। ९४ बल खेलेका उनी १०० रनमा रनआउट हुन पुगे। यस्तै, विनोद भण्डारीले ५६, रोहित पौडेलले ३९ तथा गुलशन झाले ४४ रन जोडे। बलिङतर्फ यूएईका अजय कुमार र जुनैद सिद्धिकीले दुई–दुई तथा खुजैमा तनवीर हैदर अलीले एक–एक विकेट लिए। यसअघिको खेलमा नेपालले यूएईलाई ३७ रनले हराएको थियो।
आठ देश मध्ये नेपाल सातौं स्थानमा रहेको छ । अमेरीका २४ वटा खेलमा १८ वटा खेल जितेर पहिलो स्थानमा र अन्तिम स्थानमा युएई रहेको छ । अब नेपालको अर्को खेल मे ५ मा ओमानसँग नेपाली समय अनुसार बिहानको ९.३० मा रहेको छ ।
आइसिसी विश्वकप लिग-२ अन्तर्गत आज भएको नेपाल र युएईविचको खेलमा नेपालको रोमाञ्चक जित ।
2 Mins Read


