२०८२ जेठ ३१ ।
नेपाल मेडिसिटी अस्पतालले पत्रकार सम्मेलन गरी पहिलो पटक अस्पतालमा कलेजो प्रत्यारोपण सफलतापूर्वक गरेको जानकारी दिएको छ । पोखरा निवासी ५६ वर्षीया ईश्वरबहादुर कार्कीको जेठ ८ गते भारतको परोपकारी अस्पताल अमृता अस्पतालसँगको सहकार्यमा कलेजो प्रत्यारोपण गरेको हो । कार्कीलाई उनका २६ वर्षीय छोरा आयुष कार्कीले कलेजो दान गरेका हुन् । प्रत्यारोपण सर्जन डा. रामबाबु साहले जानकारी दिए । उनले कलेजो प्रत्यारोपण झण्डै १३ घण्टा लागेको बताए। पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले अस्पतालसँग मल्टिडिसिप्लिनरी टोली भएका कारण कलेजो जस्तो जटिल शल्यक्रिया सम्भव भएको बताए।
कलेजो दाता आयुषले अंगदान गरेर बुवालाई बचाएको भन्दै सबैलाई अंगदान गर्न आग्रह गरे। अस्पतालले कलेजो प्रत्यारोपणसँगै विभिन्न अंको पनि प्रत्यारोपण गर्दै आइरहेको छ । मेडिसिटि अस्पतालमा हालसम्म ४५ जनाको अंग सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भइसकेको छ भने ५०० जना भन्दा बढको हिप तथा जोर्नी प्रत्यारोपण भइसकेको छ ।
पहिलो पटक नेपाल मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सम्पन्न।
1 Min Read

