३१ चैत्र २०८१, काठमाण्डौ ।
हङकङमा जारी चारदेशीय टी-२० हङकङको मङ कोकस्थित मिसन रोड ग्राउन्डमा आइतबार बिहान सवा ११ बजे फाइनल खेल हुनेछ। हङकङमा जारी चारदेशीय टी-२० सिरिजको उपाधिका लागि आइतबार नेपालले कुवेतसँग खेल्दै छ। हङकङ, कुवेत, कतार र नेपाल सम्मिलित सिरिजमा नेपाल अपराजित रहँदै फाइनल पुगेको थियो। लिग चरणमा नेपालले कतारलाई ८ विकेटले र कुवेतलाई ६ विकेटले पराजित गरेको थियो। शनिबार हङकङविरूद्धको खेल भने वर्षाका कारण रद्द भएपछि नेपाल शीर्षस्थानमा हुँदै फाइनल पुगेको थियो।
नेपाली टिममा नेपाली टोली रोहित पौडेल (कप्तान),आसिफ शेख, कुशल भुर्तेल, लोकेस बम, बसिर अहमद, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, ललित नारायण राजवंशी, सोमपाल कामी, करण केसी, साहब आलम, नन्दन यादव, रिजन ढकाल र गुल्शनकुमार झा छन्।
चारदेशीय टी-२० सिरिजको उपाधिका लागि कुवेतसँग खेल्दै नेपाल ।
1 Min Read

