२०८१ चैत्र २४, आइतबार ।
आइपिएल २०२५ अन्तर्गत दिल्ली क्यापिटल्सले लगातार तेस्रो खेलमा जित निकालेको छ। दिल्लीले शनिबार भएको खेलमा चेन्नई सुपर किंग्सलाई २५ रनले हरायो। सिजनमा चेन्नई चार खेलमध्ये तीन खेलमा पराजित भइसकेको छ। चेन्नईमा भएको खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले ६ विकेटको क्षतिमा १८३ रन जोड्यो। दिल्लीका लागि केएल राहुलले ५१ बलमा ७७ रन बनाए। उनले ६ चौका र ३ छक्का प्रहार गरे। बलिङमा चेन्नईका खलिल अहमदले २ विकेट लिए। १८४ रनको लक्ष्य पछ्याएको चेन्नईले ५ विकेटको क्षतिमा १५८ रन जोड्यो।

