०३ माघ २०८१, काठमाडौं ।
डेनमार्ककी प्रधानमन्त्री मेट फ्रेदेरिक्सनले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फोन गरेर स्वतन्त्रताबारे ग्रिनल्यान्डले नै निर्णय गर्ने बताएकी छन्। ट्रम्पले डेनमार्कको स्वामित्वमा रहेको ग्रिनल्यान्ड किन्ने इच्छा व्यक्त गरिरहेका छन् र ग्रिनल्यान्ड लिन सेना समेत परिचालन गर्ने धम्की दिइरहेका छन्। यस्तोमा डेनमार्ककी प्रधानमन्त्री फ्रेदेरिक्सनले ट्रम्पलाई फोन गरेर फेरि पनि ग्रिनल्यान्ड बिक्रीका लागि नराखिएको बताएकी छन्। डेनमार्कले ग्रिनल्यान्ड बेच्ने सम्भावना नभए पनि अमेरिकाले ग्रिनल्यान्डलाई स्वतन्त्रता घोषणा गर्न उक्साउन भने सक्छ। ग्रिनल्यान्डमा वर्षौंदेखि स्वतन्त्रताको माग उठिरहेकै छ। स्वतन्त्र भयो भने त्यति थोरै जनसंख्या भएको ग्रिनल्यान्ड आफैले त्यस्तो महत्त्वपूर्ण टापूको सुरक्षा गर्न सक्दैन। उसले अमेरिकासँग सुरक्षा र व्यापारको सन्धि गर्न सक्छ। अहिले पनि प्रशान्त महासागरमा पर्ने धेरै टापु राष्ट्रसँग अमेरिकाले त्यस्तो सम्झौता गरेको छ। यो अवस्थामा ग्रिनल्यान्ड चीन वा रूसको पोल्टामा जाला भन्ने अमेरिकाको डर सकिन्छ।
डेनमार्ककी प्रधानमन्त्री फ्रेदेरिक्सनले ट्रम्पलाई फोन गरेर ग्रिनल्यान्ड बिक्रीका लागि नराखिएको बताएकी छन्।
1 Min Read


