२८ कार्तिक २०८१
आइसिसी यू–१९ महिला टी–२० विश्वकपको एसिया छनोटअन्तर्गत नेपालले निर्णायक तथा अन्तिम खेलमा युएईलाई ८ विकेटले पराजित गरेर रनरेटमा पनि सुधार गर्दै विश्वकपमा स्थान पक्का गरेको हो। चार टोलीबीच भएको छनोटमा नेपाल र युएईले समान ५–५ जित निकाल्दा १०–१० अंक जोडे। उक्त नेपाली टोलीलाई हार्दिक बधाई ।

