काठमाडौँ – आज सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँ पुगेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य ३ सय रुपैयाँले बढेको हो । दसैंयता नेपाली बजारमा सुनको मूल्य हरेक दिन बढेको बढ्यै छ । सोमबार सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँ पुगेको थियो । मुख्यतः अमेरिकी बजारले सुनको मूल्य निर्धारण गर्छ । यसैको आधारमा सुनको मूल्य तलमाथि हुदै आएको छ।


