१६ असोज, काठमाडौं ः–
नेपाल त्रिकोणात्मक टी(२० आई सिरिजमा घरेलु टोली क्यानडासँग ४ विकेटले पराजित भएको छ ।
१४० रनको लक्ष्य क्यानडाले १९।३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । साद बिन जाफर १८ बलमा ४ चौका र १ छक्कासहित ३३ तथा रविन्द्रपाल सिंह २० रनमा नट आउट रहे ।
सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित २३ रन खर्चेर २ विकेट लिए । ललित राजवंशीले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए ।
नेपाल पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको थियो । दोस्रो खेलमा ओमानलाई ३७ रनले हराएको थियो । नेपालले अन्तिम खेल बुधकार राती ओमानसँग खेल्नेछ ।

