Close Menu
    What's Hot

    हिजो प्रधानमन्त्री बालेन शाह र शेयर बजारसँग सम्बन्धित संस्थाका प्रतिनिधि तथा व्यक्तिगत लगानीकर्ताहरुसँगको छलफल पछि आजबाट शेयर बजार बढने विश्वास ।

    १६ वर्ष पछि विश्वकप फुटबलमा अर्जेन्टिनालाई हराउँदै स्पेन दोस्रो पटक च्याम्पियन बन्दै इतिहास रच्यो ।

    तेस्रो स्थानको लागी आज बिहान सम्पन्न फ्रान्स र इंग्ल्यान्ड बिचको खेलमा इंग्ल्याण्ड ६–४ ले बिजयी, साकाको ह्याट्रिक ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    ६ श्रावण २०८३, बुधबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    ६ श्रावण २०८३, बुधबार

    ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

    June 30, 20242 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौँ, १६ असार – ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका २३३ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो ।

    बैंकले सातवटै प्रदेशअन्तर्गत आयोजना गरेका कार्यक्रमहरुमा ३५ हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरुको सहभागिता रहेको थियो ।

    बैंकको कोशी प्रदेशमा आयोजना गरेको कार्यक्रममा ३,५००, मधेशमा २,२००, बागमतीमा १५,०००, गण्डकीमा ५,५००, लुम्बिनीमा ६,०००, कर्णालीमा ५०० र सुदूरपश्चिममा २,५०० भन्दा बढि लक्षित वर्गको सहभागिता रहेको थियो ।

    ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८०/८१ मा मुलुकका ७७ जिल्लामा रहेका आफ्ना शाखाहरुमार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग प्रवद्र्धन कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।

    ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।

    ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।

    त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    हिजो प्रधानमन्त्री बालेन शाह र शेयर बजारसँग सम्बन्धित संस्थाका प्रतिनिधि तथा व्यक्तिगत लगानीकर्ताहरुसँगको छलफल पछि आजबाट शेयर बजार बढने विश्वास ।

    तेस्रो स्थानको लागी आज बिहान सम्पन्न फ्रान्स र इंग्ल्यान्ड बिचको खेलमा इंग्ल्याण्ड ६–४ ले बिजयी, साकाको ह्याट्रिक ।

    नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री  विष्णु पौडेललाई २५ दिन पछि साधारण तारेखमा छाड्न विषेश अदालतको आदेश ।

    आजबाट २४ घण्टा भित्र लाइसेन्स उपलब्ध हुने, बक्यौता २७ लाख स्मार्ट लाइसेन्स छपाइ सम्पन्न ।

    व्यापक मात्रामा न्यायाधीशहरुको सरुवा सिफारिस (उच्चका ५० र जिल्ला अदालतका १५७ )

    शंसोधित सार्वजनिक खरिद ऐन साउन १ गतेदेखि नै कार्यान्वयनमा आउने ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    Don't Miss

    हिजो प्रधानमन्त्री बालेन शाह र शेयर बजारसँग सम्बन्धित संस्थाका प्रतिनिधि तथा व्यक्तिगत लगानीकर्ताहरुसँगको छलफल पछि आजबाट शेयर बजार बढने विश्वास ।

    हिजो प्रधानमन्त्री बालेन शाह र शेयर बजारसँग सम्बन्धित संस्थाका प्रतिनिधि तथा व्यक्तिगत लगानीकर्ताहरुसँगको छलफल पछि…

    १६ वर्ष पछि विश्वकप फुटबलमा अर्जेन्टिनालाई हराउँदै स्पेन दोस्रो पटक च्याम्पियन बन्दै इतिहास रच्यो ।

    तेस्रो स्थानको लागी आज बिहान सम्पन्न फ्रान्स र इंग्ल्यान्ड बिचको खेलमा इंग्ल्याण्ड ६–४ ले बिजयी, साकाको ह्याट्रिक ।

    नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री  विष्णु पौडेललाई २५ दिन पछि साधारण तारेखमा छाड्न विषेश अदालतको आदेश ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना