काठमाडौं, ११ जेठ – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा देवेन्द्र खनाल नियुक्त भएका छन्। बिहिवार बसेको संचालक समिति बैठकले खनाललाई प्रमुख कार्यकारी पद (सिइओ) मा नियुक्त गरेको हो ।

बुधबार भएको अन्तर्वार्ताबाट खनाल छ्नौट भएका हुन् । सिइओ छनोट उपसमितिको गत आइतबार बसेको बैठकले कृष्ण बहादुर अधिकारीलाई पहिलो र उनको नाम दोस्रो नम्बरमा सर्टलिस्ट गरेको थियो ।
बैंकको सीईओ नियुक्ति सिफारिस उपसमितिका अनुसार सर्टलिष्टमा कृष्ण बहादुर अधिकारी, देवेन्द्र रमण खनाल, प्रकाश चन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी परेका थिए । १८ बर्ष अधि बैंक प्रवेश गरेका खनाल राष्ट्रिय वाणिज्य बैंकको कामु सीईओ थिए । उनी चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । उनीसँग डेढ दशक बढीको बैंकिङ अनुभव रहेको छ ।


