Close Menu
    What's Hot

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १० कार्तिक २०८३, सोमबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १० कार्तिक २०८३, सोमबार

    प्रभुले गर्‍यो रकम फिर्ता, शाखाका सबै कर्मचारी निलम्बनमा

    March 1, 20243 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    रुकुमपश्चिम, १८ फागुन – रुकुमपश्चिमको आठबिसकोटमा रहेको प्रभु बैङ्कका एक कर्मचारीले भूकम्पपीडित र अन्य बचतकर्ताको रकम हिनामिना गरी फरार भएका छन् । प्रभु बैङ्कको आठबिसकोट शाखाका अपरेसन इन्चार्ज निरजविक्रम शाहले रकम अपचलन गरेको पाइएको हो ।

    बैङ्कका कारण रकम अपचलन भएको पाइएपछि बैङ्कले हालसम्म एक करोड ७२ लाख ९८ हजार रुपियाँ फिर्ता गरेको छ । तीमध्ये भूकम्पपीडितको एक करोड पाँच लाख र ग्राहकको ६७ लाख ९८ हजार रुपियाँ रहेको छ । प्रभु बैङ्कले अरू पनि अपचलन भएको हुन सक्ने अनुमान गरी थप छानबिन भइरहेको जनाएको छ ।

    आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले वडा नम्बर १ र २ का भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणका लागि पठाइएको एक करोड पाँच लाख रुपियाँ हिनामिना भएपछि बैङ्क जवाफदेही भएर फिर्ता गरिसकेको जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न मितिमा बैङ्कमा पठाइएका तीन वटा चेकको रकम लाभग्राहीको खातामा नहालेर कर्मचारीले गैरकानुनी तवरले दुरुपयोग गरेको पाइएको हो ।

    रकम हिनामिना भएको गुनासोपछि प्रभु बैङ्कका कर्णाली प्रादेशिक कार्यालय प्रमुख शरदराज तिमिल्सिना नेतृत्वको टोलीले आन्तरिक छानबिन गरेको थियो । प्रारम्भिक छानबिन गरेर बैङ्कले कर्मचारी शाहविरुद्ध बैङ्किङ कसुर शीर्षकमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको छ । इन्चार्ज शाहले बैङ्कका खातावालाको रकम अनधिकृत रूपमा निकाल्ने, अन्य खातामा स्थानान्तरण गर्ने गरेको आरोपसहितको उजुरी दर्ता भएको हो । प्रहरीले छानबिन सुरु गरेको जनाएको छ ।

    बचतकर्ताको ६७ लाख ९८ हजार फिर्ता

    छानबिनपछि बैङ्कले अन्य १४ जना बचतकर्ताको रकमसमेत फिर्ता गरेको छ । बचतकर्ताको ६७ लाख ९८ रुपियाँ ग्राहककै खातामा फिर्ता गरिएको बैङ्कले जनाएको छ ।

    बैङ्कले दिएको जानकारी अनुसार खले कामीको एक लाख, पदमकुमारी थापाको दुई लाख ५० हजार, सीता केसीको चार लाख ३८ हजार, मनबहादुर कुसारीको दुई लाख १६ हजार, कालीबहादुर बुढाको चार लाख ५० हजार, डिल्ली मल्लको छ लाख ९९ हजार र नयनसिंह ओलीको सात लाख रुपियाँ फिर्ता गरिएको हो ।

    त्यसै गरी जितबहादुर खत्रीको छ लाख, रेखाकुमारी रावतको एक लाख ५० हजार, डन्डे कुसारीको आठ लाख, पिसजोन बोर्डिङ स्कुलको नौ लाख, शङ्करबहादुर पुनको १० लाख १४ हजार, दलबहादुर ओलीको एक लाख ८१ हजार र विमला ओलीको चार लाख रुपियाँ उहाँहरूकै खातामा जम्मा गरिएको हो ।

    नगरप्रमुख केसीले अझै दस जना सर्वसाधारणको ७५ लाख रुपियाँ बैङ्कले फिर्ता गर्न बाँकी रहेको उल्लेख गर्नुभयो । सर्वसाधारणले उक्त रकम फिर्ताको माग गर्दै नगरपालिका र बैङ्कमा धर्ना दिन थालेको केसीले बताउनुभयो ।

    अन्य कर्मचारी पनि निलम्बित

    रकम अपचलन गरेको आरोप लागेका कर्मचारी शाह भने फरार रहेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायव उपरीक्षक नमराज भट्टराईका अनुसार माघ २० गतेदेखि बिरामी छु भनेर बिदा स्वीकृत नगरेरै शाह फरार रहेको बुझिएको छ ।

    प्रभु बैङ्कले आठबिसकोट शाखामा कार्यरत आठ कर्मचारीलाई निलम्बन गरेको छ । शाखा प्रबन्धक गौतम, अपरेसन इन्चार्ज शाहसहितका आठ जना कर्मचारीलाई फागुन १४ गतेदेखि तीन महिनासम्मका लागि निलम्बन गरेको हो ।

    बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैङ्कको आन्तरिक लेखा परीक्षण विभाग तथा प्रादेशिक कार्यालयबाट भएको प्रारम्भिक अनुसन्धानका क्रममा भूकम्प राहत कोषमा गैरकानुनी एवं अनधिकृत रूपमा शङ्कास्पद कारोबारमा संलग्नता देखिएको भन्दै आठ जना कर्मचारीलाई तीन महिनाका लागि निलम्बन गरिएको जानकारी दिनुभयो । अहिले बैङ्कमा नयाँ कर्मचारीको टोलीले काम गरिरहेको छ ।  आठबिसकोट नगरपालिका–९ मा रहेको प्रभु बैङ्कको कार्यालयमा सेवाग्राही र फरार कर्मचारी शाह ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    हानिनोक्सानी कोषले नेपाललाई (भोटेकोशी पिडितको पुनर्स्थापना)को लागी २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने

    साउदी अरेबियामा ड्रोनको अवशेष लागेर एक नेपाली नागरिक सहित २ जनाको मृत्यु ।

    साइबर सुरक्षामा कमजोरी फेला परेपछि नेपालसहित विभिन्न देशका सरकारी वेबसाइट बन्द ।

    आज विजया दशमीको दिन, टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

    नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट नवनिर्वाचित सभापति गगन थापाले गरे पदभार ग्रहण ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Cricket

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    २०८३ कार्तिक ०९, सोमबार । हिजो बिहानसम्म प्रधानमन्त्री एनपिएल उद्घाटन गर्न जाने कि नजाने भन्ने…

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    हानिनोक्सानी कोषले नेपाललाई (भोटेकोशी पिडितको पुनर्स्थापना)को लागी २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना