Close Menu
    What's Hot

    इबिडिङको सफ्टवेयर हेरफेर गरी ठेक्का हत्ताएको सम्बन्धमा, ११ जना मध्ये कम्युटर अपरेटर दिवाकर देउजालाई पुर्पक्षका लागि थुनामा ।

    सुर्खेत नगर विकास समितिका तत्कालीन पदाधिकारी तथा कर्मचारीले २ करोड ९४ लाख रकम हिनामिना गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दायर ।

    प्रतिनिधि सभामा प्रधानमन्त्री उपस्थित नभएपछि भोलिसम्मलाई स्थगित ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १ जेष्ठ २०८३, शुक्रबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १ जेष्ठ २०८३, शुक्रबार

    पाल्पा जीप दुर्घटना, १० जनाको घटनास्थलमै मृत्यु,१७ जना घाइते (मृतक/घाइतेको नामसहित)

    February 14, 20243 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    पाल्पा, २ फागुन – पाल्पाको तिनाउ गाउँपालिका वडा नं ६, चिदिसको लुम्पेकडाँडामा मंगलबार भएको मुस्ताङ जीप दुर्घटनामा स्थानीय ८ जनाको घटनास्थलमै मृत्यु भएको छ र दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो भने  १७ जना घाइते भएका छन् ।  मंगलबार साँझ भएको जीप दुर्घटनाको मुख्य कारण कच्ची उकालो घुम्ती बाटोमा क्षमताभन्दा झण्डै दोब्बर यात्रु सवार रहेको छ ।

    स्थानीयका अनुसार सो रुटमा नियमित चल्ने जीप भएपनि उकालोको घुम्तीमा बढी लोड भएका कारण जीप ब्याक भएको हो । जीप ब्याक भएपछि चालक तानसेन नगरपालिका वडा नं १० आमडाँडाका ४६ वर्षीय दानबहादुर चिदी पहिले नै झरेका कारण उनी सकुशल रहेका छन् । कच्ची बाटोमा रहेको उकालोको घुम्टीमा जीपको पट्टा भाँचिएको चालकले दावी गरेपनि त्यसको पुष्टि भएको छैन ।

    अहिले जिल्ला प्रहरी कार्यालयले उनलाई राखेर सोधपुछ गरिएको छ । तिनाउ गाउँपालिकाका कार्यपालिका सदस्य छवि गहतराजले कच्ची बाटो उकालोको घुम्तीमा धेरै लोड भएकाले गाडी पछाडि फर्केकाले घटना भएको हुनसक्ने बताए । म स्थानीय हुँ, दैनिक त्यो बाटो हिडिरहन्छु, निकै उकालो र घुम्टी बाटो छ, अनि कच्ची बाटोमा ओभर लोड नै समस्या होजस्तो लाग्छ, चालक त अनुभवी र नियमित चलाउने मान्छे हुन् त्यो रुटमा’ उनले भने ।

    जिल्ला प्रहरी पाल्पाका प्रमुख एसपी हेरम्ब शर्मा उकालो, घुम्टी र बढी क्षमताकै कारण घटना भएको प्रारम्भिक निष्कर्षमा पुगिएको बताए ।

    १७ घाइते प्रभास अस्पतालमा, मृतक १० जनाको सरकारी अस्पतालमा पोष्टमार्टम हुँदै

    सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस सिखरडाँडा जाँदै गरेको लु १ ज २३७१ नम्बरको मुस्ताङ जीप लुम्पेक डाँडामा दुर्घटनामा परेको तिनाउ गाउँपालिकाको कार्यपालिका सदस्य स्थानीय छवि गहतराजले बताए । मृत्यु तथा घाइते हुनेहरु स्थानीय चिदिस गाउँका रहेको उद्धारमा खटिएका गहतराजले जानकारी दिए ।

    अहिले घाइते सबैलाई तानसेन प्रभासस्थितत लुम्बिनी मेडिकल कलेज पुराइएको र मृतक ८ जनाको शव जिल्ला अस्पतालमा राखिएको र दुई जनाको उपचारको क्रममा मृत्यु भएको  तिनाउ ६ का वडाध्यक्ष टोमबहादुर पुनले बताए । घाइते सबैको पहिचान खुलेपनि मृतक सबैको नाम खुलेको छैन ।

    मृत्यु हुनेमा तिनाउ–६, की ६० वर्षकी यनकुमारी पन्त, सोही स्थानका ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षका कृष्णबहादुर अस्लामी, २८ वर्षकी उर्मिला अस्लामी रहनुभएको छ । यस्तै बुटवल उपमहानगरपालिका–१४ का ७० वर्षीय चन्द्र रणपाल र उहाँकी श्रीमती ६० वर्षकी चुना रणपालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

    यस्तै तिनाउ–२, की २० वर्षीया गीता सुनार, रिव्दीकोट–१ की ६६ वर्षीया विष्णुकला कामी, सोही स्थानकी ६५ वर्षीया दिलकुमारी सुनार र रुपन्देही जिल्ला देवदह नगरपालिका–५, की २९ वर्षकी दिलमाया जिसीको मृत्यु भएको श्रेष्ठले जानकारी दिनुभयो ।

    दुर्घटनामा परी सात जना बालबालिका घाइते भएका छन् । प्रहरीका अनुसार रिव्दीकोट–१, की विद्या सुनार, सोही स्थानकी माया सुनार, आरभ सुनार घाइते हुनुभएको छ । यस्तै तिनाउ–६, का सौरभ पुन, रुपन्देही खैरेनीका विवेक जिसी, अस्मित जिसी र पहिचान नखुलेको दुई महिनाकी बालिका घाइते भएको लुम्बिनी मेडिकल कलेजका कम्पनी सचिव कृष्णप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

    यस्तै तिनाउ–६, की कृष्णा पन्त, सोही स्थानकी उमा रास्कोटी, अमृता गहतराज, शान्ति राना, कुलबहादुर नेपाली घाइते हुनुभएको छ । रिव्दीकोट–१ की रमा सुनार, रुपन्देही हरैयाकी भूमि पुन, तानसेन–१० का दानबहादुर चिदी, तिनाउ–२, की कमला सुनार घाइते हुनुभएको अस्पतालले जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    इबिडिङको सफ्टवेयर हेरफेर गरी ठेक्का हत्ताएको सम्बन्धमा, ११ जना मध्ये कम्युटर अपरेटर दिवाकर देउजालाई पुर्पक्षका लागि थुनामा ।

    सुर्खेत नगर विकास समितिका तत्कालीन पदाधिकारी तथा कर्मचारीले २ करोड ९४ लाख रकम हिनामिना गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दायर ।

    प्रतिनिधि सभामा प्रधानमन्त्री उपस्थित नभएपछि भोलिसम्मलाई स्थगित ।

    प्रधानमन्त्री बालेन्द्र शाहले आज संसदमा सम्बोधन गर्ने कार्य सूचि तय, संसदमा उठेका प्रश्नहरुको जवाफ दिने ।

    ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश । 

    सरकारद्धारा आ.व. २०८३.०८४ को लागी नीति तथा कार्यक्रम प्रस्तुत

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    एउटा अध्यादेशले राजनैतिक नियुक्ती पाएका १,५९४ जना पदाधिकारीहरू पदमुक्त, हेर्नुहोस विस्तृत विवरण को को रहेका छन ।

    Don't Miss

    इबिडिङको सफ्टवेयर हेरफेर गरी ठेक्का हत्ताएको सम्बन्धमा, ११ जना मध्ये कम्युटर अपरेटर दिवाकर देउजालाई पुर्पक्षका लागि थुनामा ।

    इबिडिङको सफ्टवेयर हेरफेर गरी ठेक्का हत्ताएको सम्बन्धमा, ११ जना मध्ये कम्युटर अपरेटर दिवाकर देउजालाई पुर्पक्षका…

    सुर्खेत नगर विकास समितिका तत्कालीन पदाधिकारी तथा कर्मचारीले २ करोड ९४ लाख रकम हिनामिना गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दायर ।

    प्रतिनिधि सभामा प्रधानमन्त्री उपस्थित नभएपछि भोलिसम्मलाई स्थगित ।

    प्रधानमन्त्री बालेन्द्र शाहले आज संसदमा सम्बोधन गर्ने कार्य सूचि तय, संसदमा उठेका प्रश्नहरुको जवाफ दिने ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना