Close Menu
    What's Hot

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    हानिनोक्सानी कोषले नेपाललाई (भोटेकोशी पिडितको पुनर्स्थापना)को लागी २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १० कार्तिक २०८३, सोमबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १० कार्तिक २०८३, सोमबार

    साइबर सुरक्षामा कमजोरी फेला परेपछि नेपालसहित विभिन्न देशका सरकारी वेबसाइट बन्द ।

    October 22, 20262 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    साइबर सुरक्षामा कमजोरी फेला परेपछि नेपालसहित विभिन्न देशका सरकारी वेबसाइट बन्द ।
    २०८३ कार्तिक ०५, बिहिबार ।
    इन्टरनेटका अधिकांश वेबसाइट सञ्चालनमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा दुई गम्भीर साइबर सुरक्षा कमजोरी फेला परेपछि नेपालसहित विभिन्न देशका सरकारी वेबसाइट बन्द भएका छन् । साइबर सुरक्षा निकायहरूले सम्बन्धित संस्थालाई एज्ए को सुरक्षा अपडेट तत्काल लागू गर्न र त्यसो गर्न नसक्ने अवस्थामा वेबसाइटहरु अस्थायी रूपमा बन्द राख्न आग्रह गरेका थिए । बुधबार दिउँसो ती कमजोरी समाधान गर्ने सुरक्षा अपडेट जारी गरिएको थियो । तर, समयमै अपडेट गर्न नसक्ने संस्थालाई आफ्ना वेबसाइट अस्थायी रूपमा बन्द गर्न सुझाव दिइएको थियो ।
    आज बिहीबार बिहानसम्म नेपालका डट जीओभी डट एनपी वेबसाइटहरु खुलेका छैनन् । नेपालका राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, विभिन्न मन्त्रालय र पालिकाका वेबसाइटहरु खुलेका छैनन् । सुरक्षा जोखिमकै कारण फिनल्यान्ड सरकारले पनि आफ्ना सार्वजनिक वेब सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ । बेलायतको एडिनबरा काउन्सिल र बीबीसीले पनि आफ्ना केही वेब पृष्ठ अफलाइन गरेका छन् । नेदरल्यान्ड्सको साइबर सुरक्षा निकायले समेत जोखिमका कारण आफ्नो वेबसाइट अस्थायी रूपमा बन्द गर्ने जनाएको छ । अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) ले पनि सामाजिक सञ्जाल एक्समार्फत सुरक्षा अपडेट गर्न नसक्ने संस्थालाई आफ्ना प्रणाली अफलाइन राख्न सुझाव दिएको छ ।

    एनएसएका अनुसार यी कमजोरीले आक्रमणकारीलाई सर्भरको फाइल प्रणाली वा डेटाबेससम्म सीधा पहुँच प्राप्त गर्ने बाटो दिन सक्छन् । त्यसबाट संवेदनशील सूचना चोरी हुने वा प्रणालीमा अनधिकृत पहुँच स्थापित हुने जोखिम रहन्छ ।
    एआईले पत्ता लगायो गम्भीर कमजोरी
    यी दुई सुरक्षा कमजोरी कृत्रिम बुद्धिमत्ता (एआई) को सहयोगमा पत्ता लागेका हुन् । साइबर सुरक्षा कम्पनी विज (Wiz) ले यी कमजोरीलाई एआई प्रविधिबाट पत्ता लागेका अहिलेसम्मकै सबैभन्दा गम्भीर कमजोरीमध्येका रूपमा व्याख्या गरेको छ । एआई प्रविधिको तीव्र विकाससँगै साइबर सुरक्षाको क्षेत्रमा पनि ठूलो परिवर्तन भइरहेको छ । यसले सफ्टवेयरमा लुकेका कमजोरी पहिचान गर्न सहयोग पुर्‍याइरहेको छ । तर, यस्ता कमजोरीको दुरुपयोग हुन नदिन समयमै सुरक्षा उपाय अपनाउनु पनि उत्तिकै महत्त्वपूर्ण बनेको छ । ह्वाइट हाउसले अमेरिकी संघीय निकायहरू सुरक्षा समस्या समाधान गर्न प्रमुख एआई प्रयोगशालाहरूसँग सहकार्य गरिरहेको जनाएको छ । जोखिम न्यूनीकरण गर्न र सुरक्षा अपडेट कार्यान्वयनलाई तीव्रता दिन यस्तो सहकार्य गरिएको हो ।
    साइबर सुरक्षा निकायहरूले सम्बन्धित संस्थालाई PHP को सुरक्षा अपडेट तत्काल लागू गर्न र त्यसो गर्न नसक्ने अवस्थामा जोखिमयुक्त प्रणाली अस्थायी रूपमा बन्द राख्न आग्रह गरेका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    नाडा अटो शोको १७ औं संस्करण आजबाट शुरु विशेष आर्कषण उडने कार ।

    व्यक्ति, संस्था र सम्प्रदाय प्रति नकारात्मक धारणा फैलाएको आरोपमा टिकटकर पक्राउ ।

    विभिन्न स्मार्टफोनमा आजबाट ह्वाट्सएप नचल्ने, तपाइँको के छ चेक गर्नु ?

    काठमाडौंमा भूकम्पको धक्का महसुस

    नेपाल टेलिकमको रिचार्ज र प्याकेज खरिद आज राति ४ घण्टा बन्द हुने

    नेपाल टेलिकमको खुद मुनाफा घट्यो

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Main News

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    २०८३ कार्तिक ०९, सोमबार । हिजो आइतबार धनकुटा र उदयपुरको सीमावर्ती क्षेत्रस्थित त्रिवेणीनजिकै रहेको कोशी…

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    हानिनोक्सानी कोषले नेपाललाई (भोटेकोशी पिडितको पुनर्स्थापना)को लागी २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने

    साउदी अरेबियामा ड्रोनको अवशेष लागेर एक नेपाली नागरिक सहित २ जनाको मृत्यु ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना