Close Menu
    What's Hot

    सेफ सन्तोष शाह र नारायण शाह पक्राउ ।

    फिफा विश्वकप–२०२६ मा आज बिहान भएको क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाको खेल १-१ को बराबरीमा सकियो।

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    ३० जेष्ठ २०८३, शनिबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    ३० जेष्ठ २०८३, शनिबार

    आजबाट सुरु हुँदै विश्वकप फुटबल ।

    June 11, 20264 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    आजबाट सुरु हुँदै विश्वकप फुटबल ।
    २०८३ जेठ २८, बिहिबार ।
    विश्वकै सबभन्दा लोकप्रिय खेल फुटबलको महाकुम्भ बिहीबार मध्यराति सुरु हुँदै छ । अहिले विश्वकपको ज्वरोबाट सबै रन्किएका छन् । विश्वकप खेल्ने मात्र होइन, विश्वकपमा उपस्थित नभएका देश पनि बिनाभेदभाव आआफ्नो टिमको समर्थन गर्नमा व्यस्त हुने छन् । नेपाल यसबाट अछुतो हुने कुरै भएन । नेपाल पनि अहिले विश्वकपमय भइसकेको छ । विश्वभरका फुटबल समर्थक अहिले नै आफूलाई मनपर्ने फुटबल टिमको टिसर्ट लगाएर अथवा खेलाडीहरूको शैली ‘कपी’ गरेर विश्वकपको यस पर्वमा मस्त भइसकेका छन् । नेपालका ठुलासाना सहरका पसलमा आआफ्ना मनपर्ने टिमको जर्सी खरिद गर्ने बढेका छन् । होटल र रेस्टुरेन्टहरू पनि यस अवसरमा विशेष योजना बनाइरहेका छन् । लोकप्रियताका हिसाबले विश्वकप फुटबल सबभन्दा ठुलो खेल आयोजना हो । प्रत्येक चार वर्षमा आयोजना हुने विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुँदै छ । यस पटक विश्वको कुल जनसङ्ख्यामध्ये ५८ प्रतिशतले विश्वकप हेर्ने अनुमान गरिएको छ । त्यसैले विश्वको नजर एक महिनाभन्दा बढी समय अमेरिका, क्यानडा र मेक्सिकोका १८ भव्य रङ्गशालामा रहने छ । विश्वकप फुटबल तीन देशमा आयोजना हुन लागेको यो पहिलो पटक हो । यसअघि दुई देशले मात्र संयुक्त रूपमा विश्वकपको आयोजना गरेको इतिहास छ । विश्वकप २०२२ को आयोजना दक्षिण कोरिया र जापानले संयुक्त रूपमा गरेका थिए । विश्वकपको अर्को संस्करण पनि तीन देशमा संयुक्त रूपमा हुने
    पक्का भइसकेको छ । त्यसैले सन् २०३० का आयोजकहरू पोर्चुगल, स्पेन र मोरेक्कोले सूक्ष्म रूपमा यस विश्वकपको अवलोकन गर्ने छन् ।
    जुन ११ मा मेक्सिकोको प्रसिद्ध ‘एस्टाडियो एज्टेका’ रङ्गशालामा घरेलु टिम र दक्षिण अफ्रिकाबिचको उद्घाटन खेल हुने छ । ३९ दिनको प्रतिस्पर्धापछि जुलाई १९ मा अमेरिकाको न्यु जर्सीको मेटलाइफ स्टेडियममा फाइनल हुने छ । त्यस रात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा प्रमुख जियानी इन्फान्टिनोले विजेता देशलाई ट्रफी प्रदान गर्नुहुने छ । फिफाले यसपालि विश्वकपमा ४८ टिमलाई सहभागी गराएको छ, जुन विगतमा भन्दा १६ राष्ट्र बढी हुन् । चार राष्ट्र केप भेर्डे, कुराकाओ, उज्बेकिस्तान र जोर्डन त नवप्रवेशी मात्र छन् । यसले प्रतियोगिताको समय मात्र होइन, यस पटक विश्वकप इतिहासमै सबैभन्दा बढी खेल पनि खेलिने भएको छ । विश्वकपमा कुल १०४ खेल हुन्छन् । अमेरिकामा सबैभन्दा बढी ७६ खेल खेलिने छ । जसमध्ये क्वाटरफाइनल, सेमिफाइनल र फाइनल पनि छन् । यसै गरी अमेरिकाका ११ सहर न्युयोर्क, बोस्टन, मियामी, फिलाडेल्फिया, एट्लान्टा, डालास, हस्टन, कानास, लस एन्जल्स, सान फ्रान्सिस्को र सियाटलका रङ्गशालामा विश्वकपको प्रतिस्पर्धा हुने छ । यसै
    गरी मेक्सिकोका तीन सहर मेक्सिको सिटी, मोन्टरेरी र गुवाडालाजारामा कुल १३ खेल खेलिने छ । क्यानडाको भागमा पनि १३ खेल परेका छन् । ती खेल टोरन्टो र भानकुभर सहरमा हुने छन् । मेक्सिको र अमेरिकासँग विश्वकप फुटबल आयोजनाको अनुभव छ । मेक्सिकोले सन् १९७० र १९८६ तथा अमेरिकाले सन् १९९४ मा विश्वको सबभन्दा ठुलो फुटबल प्रतियोगिताको आयोजना गरे को हो । क्यानडाले भने पहिलो पटक विश्वकप आयोजना गर्दै छ । हुन त विश्वकप फुटबल जस्तो प्रतियोगितामा उपाधि विजेताको ठोकुवा गर्न सकिँदैन । तर विश्वकप मञ्चमा हुने श्रेष्ठताको लडाइँमा यसपालि स्पेन र फ्रान्सलाई प्रमुख उपाधि दाबेदारका रूपमा लिइएको छ । त्यसपछि गत विजेता अर्जेन्टिना, बेलायतलाई पनि विश्वकप जित्ने टिमका रूपमा आँकिएको छ । जर्मनी, पोर्चुगल, ब्राजिल, नेदरल्यान्ड्सलाई पनि दाबेदारीको सूचीबाट झिक्न मिल्दैन । प्रसिद्धि कमाउने र आपूmलाई महान् बनाउने ठुलो मञ्चमा नेमार, किलियन एमबापे, लामिने यमाल, ओसमान डेम्बेले, इर्लिङ हालान्ड, मोहम्मद सलाह जस्ता स्टार खेलाडी चम्किने अपेक्षा गरिएको छ । तर यसपालि पनि चर्चा लियोनेल मेसी र व्रिmस्टियानो रोनाल्डोकै हुने पक्का छ । यस विश्वकपमा आधुनिक फुटबलका दुई महान् खेलाडी अर्जे न्टिनाका मेसी र पोर्चुगलका रोनाल्डोबिच पुनः उत्कृष्टताको लडाइँ हुने छ । यी दुवै अन्तिम पटक विश्वकप खेलिरहेको हुनाले भावनात्मक क्षण पनि पक्कै आउने छ । यी दुवै छैटौँ पटक विश्वकप खेल्ने तयारीमा छन् । तर ढल्किँदो उमेरमा यी दुईका लागि यो विश्वकप अग्निपरीक्षा नै हुने छ । यसै गरी प्रत्येक संस्करणमा जस्तै चोटले अथवा आफ्नो टिम छनोट नहुँदा विश्वका केही उत्कृष्ट खेलाडी पनि यस पटक अभाग्यशाली साबित भएका छन् । विभिन्न कारणले अभाग्यशाली हुँदा फ्रान्सका ह्युगो इकिटिके, ब्राजिलका स्टार खेलाडीद्वय रोड्रिगो र इडर मिलिटाओ, जर्मनी तथा बायर्न म्युनिखका फरवार्ड सर्जी गाब्री, इङ्ग्ल्यान्डका कोल पाल्मर, फिल फोडेन, अर्जेन्टिनाका पाउलो डिबाला, पोल्यान्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्की, जर्जियाका कभारा केभित्सखलिया र हङ्गेरीका डोमिनिक सोबोस्लाई जस्ता खेलाडी दर्शकमा सीमित भएका छन् । विश्वकप सुरु हुनुअघि कूटनीतिक चिसोपना, यात्रा प्रतिबन्ध, कठोर आप्रवासन नीति, युद्धको भय जस्ता चुनौती पनि छन् । यस पटकको विश्वकपका टिकट अहिलेसम्मकै सबैभन्दा महँगा छन् । त्यसमाथि इरानसँगको युद्ध यस विश्वकपको सबैभन्दा जटिल पाटो हो । यसबाहेक अत्यधिक गर्मी पनि चुनौती हुने छ । यस विश्वपकमा कुल पुरस्कार राशि ६५५ मिलियन डलर रहेको छ । यो कतार विश्वकपको तुलनामा ४९ प्रतिशतले बढी हो । यस वर्ष च्याम्पियनले ५० मिलियन डलर प्राप्त गर्ने छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    फिफा विश्वकप–२०२६ मा आज बिहान भएको क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाको खेल १-१ को बराबरीमा सकियो।

    तीन देशको संयुक्त आयोजनामा शुरु भएको विश्वकप उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकामाथी २–० को सहज जित।

    एसियन गेम्स छनोटमा चीनमाथि नेपालले २२१ रनको जित ।

    नेपाली क्रिकेट खेलाडीहरुको सन २०२६ का लागि नयाँ वर्गिकरण र नयाँ पारिश्रमिक सार्वजनिक

    आईसीसी क्रिकेट विश्वकप लिग २ अन्र्तरगत आज भएको खेलमा नेपालले स्कटल्यान्डलाई हराउँदै पाँचौ स्थानमा ।

    आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल सुरू, स्कटल्याण्डविरुद्ध बलिङमा नेपाल ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    एउटा अध्यादेशले राजनैतिक नियुक्ती पाएका १,५९४ जना पदाधिकारीहरू पदमुक्त, हेर्नुहोस विस्तृत विवरण को को रहेका छन ।

    Don't Miss
    Uncategorized

    सेफ सन्तोष शाह र नारायण शाह पक्राउ ।

    सेफ सन्तोष शाह र नारायण शाह पक्राउ । २०८३ जेठ ३०, शनिबार । शकुन्तला अधिकारी…

    फिफा विश्वकप–२०२६ मा आज बिहान भएको क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाको खेल १-१ को बराबरीमा सकियो।

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    तीन देशको संयुक्त आयोजनामा शुरु भएको विश्वकप उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकामाथी २–० को सहज जित।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना