Close Menu
    What's Hot

    काठमाण्डौ महानगरपालिकाद्धारा लिइएको आधारभूत तह (कक्षा ८)को परीक्षाफल प्रकाशित ।

    अब आउने ६ महिना (असोज १८) भित्र अबकाश हुने सचिवहरु

    २०८२ चैत्र २६ गतेका मुख्य २६ राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    २६ चैत्र २०८२, बिहीबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    २६ चैत्र २०८२, बिहीबार

    काठमाण्डौ महानगरपालिकाद्धारा लिइएको आधारभूत तह (कक्षा ८)को परीक्षाफल प्रकाशित ।

    April 9, 20263 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौ महानगरपालिकाद्धारा लिइएको आधारभूत तह (कक्षा ८)को परीक्षाफल प्रकाशित ।
    २०८२ चैत्र २६, बिहिबार ।
    काठमाडौँ महानगरपालिकाभित्रका विद्यालयहरुबाट यस वर्ष लिइएको आधारभूत तह (कक्षा ८) को परिक्षफल हिजो साँझ प्रकाशित गरेको छ । गत गएको वर्षको तुलनामा ८.५ प्रतिशत वढी विद्यार्थी ग्रेडेड भएका छन् । गएको वर्ष ७२.७ प्रतिशत विद्यार्थी ग्रेडेड थिए । यस वर्ष ८१.२ प्रतिशत विद्यार्थी ग्रेडेड छन् । सामुदायिक विद्यालयतर्फ हेर्ने हो भने गएको वर्षभन्दा यस वर्ष १०.५५ प्रतिशत धेरै विद्यार्थी ग्रेडेड छन् ।
    गएको वर्ष ५१.८ प्रतिशत विद्यार्थी ग्रेडेड थिए । यस वर्ष ६२.३५ प्रतिशत विद्यार्थी ग्रेडेड छन् । काठमाडौँ महानगरपालिकाको आधारभूत तहको परीक्षा समितिले आज परीक्षाफल प्रकाशित गरेको हो । समितिका अध्यक्ष एवं शिक्षा अधिकारी नमराज ढकालको अध्यक्षतामा बसेको बैठकले परीक्षाफल प्रकाशन गर्ने निर्णय गरेको हो । यस वर्ष १४ हजार ७२८ जना अर्थात् ८१।२५ विद्यार्थी ग्रेडेड भएका छन् । यसमा ८ हजार ९२ जना छात्र र ६ हजार ६३६ जना छात्रा छन् । ग्रेडेड विद्यार्थीहरुमा सामुदायिक विद्यालयबाट १ हजार ५०३ जना छात्र र १ हजार ३५० जना छात्रा गरी २ हजार ८५३ जना छात्रछात्रा छन् । निजी तथा संस्थागत विद्यालयबाट ६ हजार ५८९ जना छात्र र ५ हजार २८६ जना छात्रा गरी ११ हजार ८७५ जना छात्रछात्रा छन् ।
    परीक्षामा सहभागी हुन ४९४ वटा विद्यालयका १९ हजार ११७ जना विद्यार्थीले फाराम भरेका थिए । जसमध्ये ९३८ जना विद्यार्थी परीक्षामा अनुपस्थित रहे । फाराम भर्नेमा १० हजार ७४५ जना छात्र र ८ हजार ३७२ जना छात्रा थिए । विद्यालयको प्रकृतिका आधारमा हेर्दा, २ वटा कारागार र एउटा विशेषसहित ७७ वटा सामुदायिक विद्यालयका ४ हजार ६१४ जना, २० वटा वैकल्पिक विद्यालयका ८३७ जना, ६ वटा धार्मिक विद्यालयका ७० जना र ३९१ वटा संस्थागत विद्यालयका १३ हजार ५९६ जना विद्यार्थी थिए । गएको वर्ष १८ हजार २९४ जना विद्यार्थीले परीक्षा दिएका थिए । यसरी हेर्दा गएको वर्षभन्दा यस वर्ष परीक्षामा सहभागी हुन फाराम भर्नेको संख्या ८२३ जना बढी थियो । यस वर्ष ३ हजार ४५१ जना विद्यार्थी ननग्रेडेड छन् । जसमा छात्रको संख्या २ हजार ५४ जना अर्थात् २०.२४ प्रतिशत छात्राको संख्या १ हजार ३९७ जना अर्थात् १७.३९ प्रतिशत छ ।
    विद्यालयहरुले इमिसमा लग इन गरेर म्यानेज एक्ज्याममा ग्रेड वाइज लेजरबाट परीक्षाफल हेर्न सक्नेछन् । विद्यार्थीहरुलाई नतिजामा चित्त नबुझे पुनर्योगका लागि २ सय रुपियाँ दस्तुर तिरेर चैत २९ गतेभित्र विद्यालयमा निवेदन दिन सकिनेछ । ननग्रेडेड विद्यार्थीहरुको वैशाख ६ गते विहान १० बजेदेखि स्रोत केन्द्रहरुमा परीक्षा सुरु हुनेछ । १२ गते परीक्षा सकिनेछ । पहिलो दिन अंग्रेजी, दोस्रो दिन नेपाली त्यसपछि क्रमशः विज्ञान तथा प्रविधि, गणित, सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा, स्वास्थ्य, शिक्षा तथा सिर्जनात्मक कला र अन्तिम दिन स्थानीय भाषाको परीक्षा हुनेछ ।
    यस वर्ष होम सेन्टर नपर्ने गरी ४७ वटा सामुदायिक विद्यालयमा र १० वटा संस्थागत विद्यालयमा गरेर ५७ वटा विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको थियो । केन्द्रीय बहिरा माध्यमिक विद्यालय, नक्सालमा अध्ययनरत विद्यार्थीहरू विशेष प्रकृतिका ९बहिरा० भएकाले उनीहरूको विशिष्ट आवश्यकतालाई ध्यानमा राखी सोही विद्यालयमा नै परीक्षा केन्द्र कायम गरिएको थियो । जगन्नाथ देवल माध्यमिक विद्यालय र बन्दी विकास आधारभूत विद्यालय कारागार (जेल) भित्र सञ्चालित रहेको र सुरक्षा संवेदनशीलताका कारण विद्यार्थीहरू बाहिर जान सहज नहुने हुँदा, ती विद्यालयहरूको परीक्षा केन्द्र त्यही विद्यालयमा नै कायम गरिएको थियो । यसको नतिजा आफ्नो विद्यालयमा सम्पर्क गरी जानकारी लिन सक्नुहुने छ । सूचना यहाँ राखिएको छ

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    काठमाडौँ महानगरपालिकामा शिक्षा समितिकी अध्यक्ष एवं कार्यवाहक महानगर प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा सम्पन्न ।

    माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सुधार्ने उद्देश्यले महानगरका एघार विद्यालयमा विशेष कक्षा शुरु ।

    एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म हुने, तालिका (रुटिङ् सहित) ।

    आज कक्षा १२ को नतिजा आउँदै, बोर्ड बैठक बसिरहेको ………

    कक्षा ११ र १२ को छात्रवृत्तिको मनोनयन शिक्षण संस्था सहित सुची सार्वजनिक, मनोनयन भएका विद्यार्थीले साउन ९ गते भित्र तोकिएको शिक्षण संस्थामा भर्ना हुनुपर्ने

    शिक्षक लाइसेन्स परीक्षा अब सबै संकाय/विषय पढेकाले दिन पाउने ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    जापानको मात्सुमोतो शहरको मेयर योशिनाओ गाउनको नेतृत्वमा आएको प्रतिनिधि मण्डल भानुभक्त मेमोरियल विद्यालय, पानीपोखरी, काठमाण्डौमा ।

    काठमाण्डौ महानगरपालिकाद्धारा लिइएको आधारभूत तह (कक्षा ८)को परीक्षाफल प्रकाशित ।

    Don't Miss
    Education

    काठमाण्डौ महानगरपालिकाद्धारा लिइएको आधारभूत तह (कक्षा ८)को परीक्षाफल प्रकाशित ।

    काठमाण्डौ महानगरपालिकाद्धारा लिइएको आधारभूत तह (कक्षा ८)को परीक्षाफल प्रकाशित । २०८२ चैत्र २६, बिहिबार ।…

    अब आउने ६ महिना (असोज १८) भित्र अबकाश हुने सचिवहरु

    २०८२ चैत्र २६ गतेका मुख्य २६ राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु

    संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल-२०८२को पहिलो बैठक बस्दै ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना