Close Menu
    What's Hot

    काठमाण्डौ महानगरपालिकाद्धारा लिइएको आधारभूत तह (कक्षा ८)को परीक्षाफल प्रकाशित ।

    अब आउने ६ महिना (असोज १८) भित्र अबकाश हुने सचिवहरु

    २०८२ चैत्र २६ गतेका मुख्य २६ राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    २६ चैत्र २०८२, बिहीबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    २६ चैत्र २०८२, बिहीबार

    माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सुधार्ने उद्देश्यले महानगरका एघार विद्यालयमा विशेष कक्षा शुरु ।

    February 27, 20262 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सुधार्ने उद्देश्यले महानगरका एघार विद्यालयमा विशेष कक्षा शुरु ।
    २०८२ फागुन १५ गते, शुक्रबार ।
    माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सुधार्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले विशेष कक्षा सुरु गरेको छ । पहिलो चरणमा छ वटा विद्यालयमा यस्तो कक्षा सुरुवात गरिएको महानगरपालिकाले जनाएको छ । गत वर्षहरूमा लिइएको एसइई परीक्षामा ५० प्रतिशतभन्दा कम विद्यार्थी उत्तीर्ण भएका विद्यालयमा विशेष कक्षा सञ्चालन गर्ने विभागको योजना छ । कुल ११ वटा विद्यालयमा यस्तो कार्यव्रmम सञ्चालन गर्ने योजना महानगरपालिकाको छ । यीमध्ये पहिलो चरणमा धेरै विद्यार्थी भएका
    ✔️ गीतामाता माध्यमिक विद्यालय
    ✔️ कोटेश्वर सरस्वती माध्यमिक विद्यालय
    ✔️ जुद्धोदय माध्यमिक विद्यालय
    ✔️ पद्मकन्या माध्यमिक विद्यालय
    ✔️ परोपकार माध्यमिक विद्यालय
    ✔️ गुहेश्वरी बाल शिक्षा माध्यमिक विद्यालय
    कक्षा सुरु गरिएको हो । यी विद्यालयमा विशेष कक्षा आवश्यकता भएका ५२३ जना विद्यार्थीलाई कक्षामा सहभागी गराइने छ । विषयविज्ञ, स्रोत शिक्षक, सेवानिवृत्त शिक्षकले पढाउने छन् ।

    न्यून नतिजा र न्यून विद्यार्थी भएका प्रभात माध्यमिक विद्यालय, नवयुग माध्यमिक विद्यालय, नेपाल आदर्श माध्यमिक विद्यालय, भक्त विद्याश्रम माध्यमिक विद्यालय र नन्दी रात्रि माध्यमिक विद्यालयमा आउँदो चैत ३ गतेपछि कक्षा सञ्चालन हुने छन् । यी विद्यालयका १०४ जना विद्यार्थीलाई विशेष कक्षामा सहभागी गराइने छ । यी दुवै समूहमा गरी ६२७ जना विद्यार्थीलाई विशेष कक्षा प्रदान गरिने
    छ । यो कुल परीक्षार्थीको १३ प्रतिशत हो । महानगरपालिकाका शिक्षा विभागका प्रमुख नमराज ढकालका अनुसार यस वर्ष महानगरपालिकाभित्रका सामुदायिक विद्यालयबाट करिब चार हजार ५५७ जना विद्यार्थी एसइईमा सहभागी हुने छन् । पछिल्ला वर्ष महानगरपालिकाले आफ्नो क्षेत्रका सामुदायिक विद्यालयको पढाइको स्तर सुधार्न पाठ्यव्रmम, सहपाठ्यव्रmम र अतिरिक्त पाठ्यव्रmमलाई एकीकृत गरेर विद्यालयको शैक्षिक वातावरणमा सुधार ल्याएको छ । प्रधानाध्यापकलाई व्यवस्थापकीय पक्षसहित, शिक्षकलाई विषयगत तालिम तथा समग्र चेतना विकासको आधारभूत तालिम, प्रविधिमा जोड्ने सिप, शैक्षिक व्रिmयाकलापको सबलीकरणका लागि डिजिटल व्रिmयाकलाप, शिक्षण सिकाइ पेडागोजीमा सुधार, असल अभ्यास आदानप्रदान, विद्यार्थीको नतिजा सुधार तथा सफलताका लागि योगदान गर्ने कार्यव्रmम हुन् । २०८१ को एसइईमा सहभागी विद्यार्थीमध्ये ७८९ जना विद्यार्थीले ३.६१ देखि ४ जिपिए प्राप्त गरेका थिए ।
    कक्षा सञ्चालन गरिएका धेरै विद्यार्थी भएका विद्यालयहरु
    ✔️ गीतामाता माध्यमिक विद्यालय
    ✔️ कोटेश्वर सरस्वती माध्यमिक विद्यालय
    ✔️ जुद्धोदय माध्यमिक विद्यालय
    ✔️ पद्मकन्या माध्यमिक विद्यालय
    ✔️ परोपकार माध्यमिक विद्यालय
    ✔️ गुहेश्वरी बाल शिक्षा माध्यमिक विद्यालय
    कम विद्यार्थी भएका विद्यालयहरु
    ✔️ प्रभात माध्यमिक विद्यालय
    ✔️ नवयुग माध्यमिक विद्यालय
    ✔️ नेपाल आदर्श माध्यमिक विद्यालय
    ✔️ भक्त विद्याश्रम माध्यमिक विद्यालय
    ✔️ नन्दी रात्री माध्यमिक विद्यालय
    यो राम्रो कामको शुरुवात भएको छ । यसलाई निरन्तरता दिदै जानुपर्दछ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    काठमाण्डौ महानगरपालिकाद्धारा लिइएको आधारभूत तह (कक्षा ८)को परीक्षाफल प्रकाशित ।

    काठमाडौँ महानगरपालिकामा शिक्षा समितिकी अध्यक्ष एवं कार्यवाहक महानगर प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा सम्पन्न ।

    एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म हुने, तालिका (रुटिङ् सहित) ।

    आज कक्षा १२ को नतिजा आउँदै, बोर्ड बैठक बसिरहेको ………

    कक्षा ११ र १२ को छात्रवृत्तिको मनोनयन शिक्षण संस्था सहित सुची सार्वजनिक, मनोनयन भएका विद्यार्थीले साउन ९ गते भित्र तोकिएको शिक्षण संस्थामा भर्ना हुनुपर्ने

    शिक्षक लाइसेन्स परीक्षा अब सबै संकाय/विषय पढेकाले दिन पाउने ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    जापानको मात्सुमोतो शहरको मेयर योशिनाओ गाउनको नेतृत्वमा आएको प्रतिनिधि मण्डल भानुभक्त मेमोरियल विद्यालय, पानीपोखरी, काठमाण्डौमा ।

    काठमाण्डौ महानगरपालिकाद्धारा लिइएको आधारभूत तह (कक्षा ८)को परीक्षाफल प्रकाशित ।

    Don't Miss
    Education

    काठमाण्डौ महानगरपालिकाद्धारा लिइएको आधारभूत तह (कक्षा ८)को परीक्षाफल प्रकाशित ।

    काठमाण्डौ महानगरपालिकाद्धारा लिइएको आधारभूत तह (कक्षा ८)को परीक्षाफल प्रकाशित । २०८२ चैत्र २६, बिहिबार ।…

    अब आउने ६ महिना (असोज १८) भित्र अबकाश हुने सचिवहरु

    २०८२ चैत्र २६ गतेका मुख्य २६ राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु

    संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल-२०८२को पहिलो बैठक बस्दै ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना