२०८२ बैशाक ०७ ।
विन नेपाल लघुवित्त वित्तीय संस्थाले चैत्र २१ गतेदेखी २६ गतेसम्म निष्काशन गरेको एफपीओ आइतबार बाँडफाँड भएको छ । उक्त एफपिओमा १९ लाख २० हजार ९३९ रितपूर्वक आवेदन दिएका थिए भने २५२३ जनाको आवेदन रद्ध भएको थियो । आज भएको उक्त बाँडफाँडमा ५ हजार १२९ जना लगानीकर्ताले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर परेको छ भने बाँकी सबै हात रित्तो भएको छ । एफपीओको नतिजा विन नेपालको वेबसाइट, बिक्री प्रबन्धक नेपाल एसबीआई क्यापिटलको वेबसाइट, मेरो सेयर र सीडीएस एन्ड क्लियरिङको आइपीओ नतिजा हेर्न वेबसाइट बाट हेर्न सकिन्छ ।


