Close Menu
    What's Hot

    गृहमन्त्रालयद्धारा विभिन्न जिल्लाका सिडिओसहित २३ सहसचिव तथा उपसचिवको सरुवा ।

    त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आयो जीवित भेटीने आशा अझै रहेको : रास्वपा सांसद श्रीराम न्यौपाने ।

    राजर्षिजनक विश्वविद्यालयमा शेक्षिक शत्र २०८३-०८४ बाट १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    २१ भाद्र २०८३, आईतवार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    २१ भाद्र २०८३, आईतवार

    राष्ट्रिय बाणिज्य बैंकको नवनिर्मित भवन उद्घाटन

    निराशाबाट मुलुकलाई बाहिर निकाल्न सार्थक पहल : उपप्रधान तथा अर्थमन्त्री पौडेल
    February 16, 20252 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    २०८१ फागुन ४ गते आईतबार।

    माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निराशाबाट मुलुकलाई बाहिर निकाल्न सरकारले सार्थक पहल गरिरहेको बताउनुभएको छ ।

    राष्ट्रिय वाणिज्य बैंकको गण्डकी प्रादेशीक कार्यालय पोखरा र शाखा कार्यालय पृथ्बीचोकको नवनिर्मित भवन शनिबार उद्घाटन गर्नुहुँदै अर्थमन्त्री पौडेलले यस बैंकबाट सबै सेवाग्राहीहरुलाई विश्वासनीय र सहज ढङ्गले सेवा प्राप्त हुन सकोस् भनी शुभकामना व्यक्त गर्नुभएको थियो ।

    उहाँले सरकारको स्वामित्वमा रहेको वाणिज्य बैँकले प्रवाह गर्ने सेवा र दिने सुविधाहरुलाई समय सापेक्ष बनाउँदै प्रत्येक सेवाग्राहीले आफ्नोपनको महसुश गर्नेगरी कार्य गर्न बैँक व्यवस्थापनलाई निर्देशन गर्नुभयो ।

    राष्ट्रिय वाणिज्य बैँक सञ्चालक समितिका सदस्य लक्ष्मण घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन बैंकले आधार दरमा थोरै मात्र प्रिमियम जोडेर एकल अंकमा ब्याजदर कायम गरेको बताउनुभयो ।

    उहाँले सस्तो ब्याजदरको फाइदा उठाउँदै व्यवसायीहरुलाई कर्जा लिएर देशको आर्थिक विकासमा योगदान गर्न आव्हान गर्न गर्नुभयो । प्रतिस्प्रर्धी बजारको माग अनुसार बैँकले सेवा र सुविधाहरुलाई समय सापेक्ष बनाउनुपर्ने आवश्यकतालाई महसुश गरी बैँकले आफ्नो कार्यलाई परिमार्जित रुपमा अगाडि बढाएको बताउनुभयो । साझा प्रतिवद्धताले मात्र समृद्धि सम्भव रहेको स्मरण गराउँदै प्रमुख कार्यकारी अधिकृत खनालले बैँकलाई आजको अवस्थासम्म ल्याउन सहयोग गर्ने सम्पूर्णलाई धन्यावाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै साथ सहयोग भए बैँक उत्कृष्ट बन्ने विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रममा गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री माननीय मित्रलाल बस्याल, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, नेपाल राष्ट्र बैंक पोखराका प्रमुख दिपकराज लामिछाने, बैंक सञ्चालक समिति सदस्य प्रा.डा. रामप्रसाद ज्ञवाली, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु पवन रेग्मी, रामकुमार थापा, विभागीय प्रमुख आनन्द सुवेदी, प्रादेशिक प्रबन्धक पुष्पचन्द्र थापा, कम्पनी सचिव प्रमोद अधिकारी, शाखा प्रबन्धकहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममको पूर्व संध्यामा वित्तीय साक्षरताको लागि प्रभातफेरी कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।

    हाल ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २९४ शाखा कार्यालय, ३१२ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा, ७३ वटा एक्स्टेन्सन काउण्टर रहेका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश जारी

    आफ्नै निवासबाट काठमाडौंका पूर्व सिडिओ छविलाल रिजाल पक्राउ ।

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ ।

    पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ पर्दै ।

    गृह मन्त्रालयमा गृह सचिबबाट नेपाल प्रहरीका नवनियुक्त आईजीपी दानबहादुर कार्कीले लगाए दर्ज्यानी चिन्ह ।

    विपिन जोशी लागाएत अन्य ३ जना मारीनुको कारण

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Main News

    गृहमन्त्रालयद्धारा विभिन्न जिल्लाका सिडिओसहित २३ सहसचिव तथा उपसचिवको सरुवा ।

    गृहमन्त्रालयद्धारा विभिन्न जिल्लाका सिडिओसहित २३ सहसचिव तथा उपसचिवको सरुवा । २०८३ भाद्र २०, शुक्रबार ।…

    त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आयो जीवित भेटीने आशा अझै रहेको : रास्वपा सांसद श्रीराम न्यौपाने ।

    राजर्षिजनक विश्वविद्यालयमा शेक्षिक शत्र २०८३-०८४ बाट १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति ।

    संवत् २०८३ साल भदौ १८ गतेको नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकका मुख्य ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना