Close Menu
    What's Hot

    हिजो प्रधानमन्त्री बालेन शाह र शेयर बजारसँग सम्बन्धित संस्थाका प्रतिनिधि तथा व्यक्तिगत लगानीकर्ताहरुसँगको छलफल पछि आजबाट शेयर बजार बढने विश्वास ।

    १६ वर्ष पछि विश्वकप फुटबलमा अर्जेन्टिनालाई हराउँदै स्पेन दोस्रो पटक च्याम्पियन बन्दै इतिहास रच्यो ।

    तेस्रो स्थानको लागी आज बिहान सम्पन्न फ्रान्स र इंग्ल्यान्ड बिचको खेलमा इंग्ल्याण्ड ६–४ ले बिजयी, साकाको ह्याट्रिक ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    ५ श्रावण २०८३, मंगलवार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    ५ श्रावण २०८३, मंगलवार

    बुटवल पावर कम्पनीको ३२ औं वार्षिक साधारण सभा सम्पन्न, ५ % नगद लाभांश वितरण गर्ने

    January 12, 20252 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    २०८१ पौष २८ गते आइतबार।

    बुटवल पावर कम्पनी लिमिटेडको ३२ औं वार्षिक साधारण सभा आज काठमाण्डौमा सञ्चालक समितिका अध्यक्ष श्री पद्म ज्योतिज्यूको अध्यक्षतामा सम्पन्न भयो । उक्त सभाले शेयरधनीहरुलाई आ.व. २०८०/८१ को मुनाफाबाट चुक्त पूँजीको ५ % (पाँच प्रतिशत) नगद लाभांश वितरण गर्ने लगायत संचालक समितिबाट पेश भएका सबै प्रस्तावहरु पारित गरेको छ ।

    नेपाल सरकारको आंशिक लगानी रहेका कारण कम्पनी ऐन, २०६३ वमोजिम नेपाल सरकारको स्वीकृति लिएर शेयरधनीहरुलाई नगद लाभांश यथाशक्य छिटो वितरण गरिने छ । ३१ औं बार्षिक साधारण सभाको निर्णय वमोजिम १ करोड कित्ता शेयर प्रिमियम मूल्यमा थप सार्वजनिक निष्काशनका लागि नेपाल धितोपत्र वोर्डमा दरखास्त पेश गरी प्रक्रियामा रहेको छ ।

    यस कम्पनीले संचालन गर्दै आएका ९.४ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिमरुक जलविद्युत केन्द्रहरु नियमित रुपमा संचालन भैरहेका छन् । साथै सहायक तथा सम्वद्ध कम्पनीहरु मार्फत सन्चालित ४ मे. वा. को खुदी जलविद्युत केन्द्र र ६० मे. वा. को खिम्ती प्रथम जलविद्युत केन्द्रको संचालन सुचारु रुपमा हुँदै आएको छ ।

    खिम्ती प्रथम जलविद्युत केन्द्रको स्वामित्वको आधा हिस्सा जुलाई २०२० देखी नेपाल विधुत प्राधिकरणमा जाने भएपनि हालसम्म विधुत खरिद बिक्री सम्झौतामा सहमति नभएका कारण अन्तरिम प्रवन्ध अन्तर्गत उक्त केन्द्रवाट ने.वि.प्रा.लाई विधुत आपूर्ति भईरहेको छ । लमजुङ्ग जिल्ला स्थित ३० मे.वा. को न्यादी जलविधुत आयोजनाको निर्माण कार्य सम्पन्न भई २०७९ बैशाख २७ देखि संचालनमा आएको छ ।

    नेपाल विधुत प्राधिकरणवाट निर्माण हुनु पर्ने प्रशारण लाईन निर्माणमा ढिलाई भएका कारण आयोजनाले बैकल्पिक प्रशारण लाईन निर्माण गरी विधुत आपूर्तिको व्यवस्था गरिएको छ । यद्यपी नेपाल बिधुत प्राधिकरणले वर्षायाममा सबै विधुत नलिएका कारण सो आयोजनालाई मर्का पर्न गएको छ । आ.व. २०८२ को श्रावण देखी यस आयोजनाको विधुत खरिद बिक्री सम्झौता टेक अर पे मा परिणत हुने गरी ने.वि.प्रा.संग सहमति भएको छ । ३७.६ मे.वा.को कावेली ए जलविधुत आयोजनाको स्थानीय रुपमा वित्तिय लगानी जुटाएर निर्माण कार्य तिब्र गतिमा सुचारु भएको छ ।

    तीन चिनियाँ लगानी कर्ताहरुसंगको संयुक्त लगानीमा मर्स्यांदी नदीमा निर्माणको चरणमा रहेका अयोजनाहरुमा १३५ मेगावाटको मनाङ मर्स्यांदी जलविधुत आयोजना, १३९.२ मेगावाटको तल्लो मनाङ मर्स्यांदी जलबिधुत आयोजना र ३२७ मेगावाटको माथिल्लो मर्स्यांदी दोश्रो जलबिधुत आयोजना क्यासकेड अर्ध जलाशययुक्त अवधारणामा (कुल जम्मा ६०१ मेगावाट) वित्तिय व्यवस्थापन भई अगाडि बढाउने क्रममा छन् । १३५ मेगावाटको मनाङ मर्स्यांदीजलबिधुत आयोजनाको निर्माण कार्य शुरु भइसकेको छ । त्यस्तै ७.९ मेगावाटको चिनोखोला जलविद्युत आयोजना पनि निर्माण तयारीको अन्तिम चरणमा रहेको छ । १६० मे.वा. को मुगु कर्णाली जलबिधुत आयोजना र ७ मे.वा. को झिमरुक सौर्य आयोजनाहरु पनि सम्भाव्यता अध्ययनकै क्रममा रहेका छन ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    हिजो प्रधानमन्त्री बालेन शाह र शेयर बजारसँग सम्बन्धित संस्थाका प्रतिनिधि तथा व्यक्तिगत लगानीकर्ताहरुसँगको छलफल पछि आजबाट शेयर बजार बढने विश्वास ।

    कर्मचारी सञ्चय कोषबाट सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा नाफाको रकम जम्मा

    चालु आर्थिक वर्ष २०८२/0८३ को पाँच महिना अर्थात् मङ्सिरसम्म नेपालीले परामर्श दिएर भित्रायाए अठार अर्ब – नेपाल राष्ट्र बैङ्क ।

    २०८२ माघ १ गतेदेखि ५ लाख रुपैयाँभन्दा बढीको चेक साटेर नगद झिक्न नपाइने – नेपाल राष्ट्र बैंक

     राष्ट्रिय परिचय पत्र प्रयोग गरेर अब आफै व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिन सकिने, कर दिबसको उपलक्ष्यमा सम्मानीत हुनेहरु

    स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि झापा इनर्जी लिमिटेडले आइपीओ निष्काशन ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    Don't Miss

    हिजो प्रधानमन्त्री बालेन शाह र शेयर बजारसँग सम्बन्धित संस्थाका प्रतिनिधि तथा व्यक्तिगत लगानीकर्ताहरुसँगको छलफल पछि आजबाट शेयर बजार बढने विश्वास ।

    हिजो प्रधानमन्त्री बालेन शाह र शेयर बजारसँग सम्बन्धित संस्थाका प्रतिनिधि तथा व्यक्तिगत लगानीकर्ताहरुसँगको छलफल पछि…

    १६ वर्ष पछि विश्वकप फुटबलमा अर्जेन्टिनालाई हराउँदै स्पेन दोस्रो पटक च्याम्पियन बन्दै इतिहास रच्यो ।

    तेस्रो स्थानको लागी आज बिहान सम्पन्न फ्रान्स र इंग्ल्यान्ड बिचको खेलमा इंग्ल्याण्ड ६–४ ले बिजयी, साकाको ह्याट्रिक ।

    नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री  विष्णु पौडेललाई २५ दिन पछि साधारण तारेखमा छाड्न विषेश अदालतको आदेश ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना