२५ मंसिर २०८१, काठमाण्डौ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज हुने नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच बिहान ९ बजे प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच दिउँसो १ बजे खेल हुने भएको छ ।
आज सम्मको नतिजा अनुसार जनकपुर बोल्ट्स प्रथम स्थानमा रहेको छ भने सुदूरपश्चिम रोयल्स चार खेलमा तीन खेलको जित सहित दोस्रो स्थानमा छ। चार खेलमा तीन खेलमा जित र एक खेलमा हार बेहोर्दै चितवन राइनोज ६ अंक सहित तेस्रो स्थानमा, कर्णाली याक्सले चार खेलमा दुईमा जित र दुईमा हार बेहोर्दै ४ अंक सहित चौथो स्थानमा, पोखरा एभेन्जर्स दुई अंकसहित पाँचौं स्थानमा, काठमाडौं गुर्खाज दुई अंकसहित छैटौं स्थानमा, विराटनगर किंग्स दुई अङ्कका साथ सातौं स्थानमा छ भने लुम्बिनी लायन्स चारवटै खेलमा हार बेहोर्दै अंक तालिकाको पुछारमा छ ।
आज २५ मंसिर २०८१ का दिन एनपिएलमा दुई खेल हुने ।
1 Min Read

