१५ मंसिर २०८१, काठमाडौं ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा आजबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल शुरु हुदैछ । उद्घाटन खेलमा विराटनगर र जनकपुर खेल्दै छन उक्त खेल सवा १२ बजेदेखि सुरू हुँदैछ। एनपीएलमा ८ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन् । एनपिएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्स नेटवर्कबाट हुनेछ भने डिजिटल प्रसारण एक्सन स्पोर्ट्स युट्युब च्यानलबाट हुनेछ। एनपिएलका लागि त्रिवि मैदानमा डिजिटल स्कोरबोर्ड, प्यारापिट निर्माण, बस्ने सिटको व्यवस्थादेखि मैदान मर्मतसम्भार गरेर आकर्षक बनाइएको छ। खेल सवा १२ बजेदेखि सुरू हुँदैछ। आजको उद्घाटन खेलमा विराटनगर र जनकपुरका निम्न खेलाडीहरु सहभागी हुनेछन ः
विराटनगर किंग्सको तर्फबाट
एमडी ड्रिम्स स्पोर्ट्सको स्वामित्व, मुख्य प्रशिक्षक ः केभिन ओ’ब्रायन र मार्की खेलाडी लेग स्पिनर सन्दीप लामिछाने छन ।
१) सन्दिप लामिछाने २) ओमानका अकिब इलियास, ३) न्युजिल्याण्डका मार्टिन गप्टिल, ४) क्यानडाका निकोलस किर्टन, ५) स्कटल्याण्डका क्रिस सोल ६) अफगानिस्तानका इस्मल आलम ७) लोकेश बम, ८) प्रतिश जीसी, ९) बसिर अहमद, १०) राजेश पुलामी मगर, ११) जितेन्द्रकुमार मुखिया, १२) अनिल खरेल, १३) दिपक बोहरा, १४) सुभाष भण्डारी, १५)नरेन भट्ट र १६)मृनाल गुरुङ रहेका छन्।
जनकपुर बोल्ट्सका तर्फबाट
ड्रिम स्पोर्ट्स प्रालिको स्वामित्व, प्रशिक्षक पुबुदु दासानायके र खेलाडी आशिफ शेख छन्।
१) आशिफ शेख २) न्युजिल्याण्डका जिमी निशम, ३)अमेरिकाका जोशुआ ट्रम्प, ४)इंग्ल्याण्डका बेन माइक, ५)पाकिस्तानका मोहमद मोहसिन, ६)अमेरिकाका लाहिरू मिलन्था ७) क्यानडाका हर्ष थाकर ८) ९) स्पिनर ललित राजवंशी १०) हेमन्त धामी ११) रूपेश सिंह, १२)किशोर महतो, १३)आकाश त्रिपाठी, १४) शुभ कंसाकर, १५) शेर मल्ल, १६)अरनिकोप्रसाद यादव र १७) तुलबहादुर थापा मगर छन्।
कीर्तिपुरस्थित त्रिवि मैदानमा आजबाट नेपाल प्रिमियर लिग खेल शुरु हुदैछ ।
2 Mins Read


