२८ कार्तिक २०८१
सन् १९८९ देखि काठमाण्डौ महानगरपालिकाको भगिनी शहरको रुपमा रहेको जापानको मात्सुमोतो शहरको ३५ औ वार्षिकोत्सव मनाउने क्रममा जापानबाट आउनु भएका अतिथिहरुलाई भानुभक्त मेमोरियल विद्यालयले छोटो साँस्कृतिक कार्यक्रम, अतिथि र विद्यालयबीच मायाको चिनो आदान प्रदान गर्दै विद्यालयले अतिथिलाई सम्मान गरेको छ । विद्यालयका तर्फबाट विद्यालयकी प्रधानाचार्य श्री ईश्वरी ढुंगानाले सम्मान गर्नु भएको थियो । उक्त क्रममा मात्सुमोतो शहरको मेयर योशिनाओ गाउनको नेतृत्वमा १६ सदस्यीय प्रतिनिधि मण्डलले विद्यलायमा भ्रमण गरि आफ्नो अनुभव साटासाट गरेका थिए । यस भानुभक्त मेमोरियल विद्यालयका विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । साथै उक्त क्रममा प्रतिनिधिमण्डलका सदस्यहरु पनि नाच्दै गाउँदै रमाउँदै थिए । उक्त कार्यक्रमको तारतम्य मिलाउने काम यसै विद्यालयका पूर्व शिक्षक श्री बुद्धि कार्कीले गर्नुभएको थियो । उहाँहरुले विहानको प्रार्थना सभामा सहभागी भई विद्यार्थी भाइ बहिनीहरुको सुस्वागतलाई गौरव तथा हर्षोल्लाससाथ अवलोकन गरी रमाएका थिए । उक्त क्रममा मात्सुमोतो शहरका मेयर योशिनाओ गाउनले यो सम्बन्ध निरन्तरसम्म रहिरहने र यस विद्यालयका शिक्षक तथा विद्यालर्यीहरुलाई जापान भ्रमणको निम्तो दिनुका साथै विभिन्न सहयोग गर्ने आश्वासन दिनुभएको छ । प्रतिनिधिमण्डलका सदस्यहरुको नामावली योशिनाओ गाउन, मात्सुमोटो शहरका मेयर युताका कामिजो, मात्सुमोटो सिटी काउन्सिलका अध्यक्ष मारी अशिदा, मेयर, मात्सुमोटो शहर के सचिव री मात्सुशिमा, अध्यक्ष, मात्सुमोटो सिटी काउन्सिलको सचिव काजुयुकी हेम्मी, स्थानीय व्यवस्थापन ब्यूरोका निर्देशक र अन्तर्राष्ट्रिय विनिमयको सचिवालय, मात्सुमोटो सिटी माइको इसाका, इन्टरनेशनल एक्सचेन्जको सचिवालय, मात्सुमोटो सिटी तेत्सुहिरो कुराशिना शोजी इनुकाई तेरुको इनुकाई मायुमी इहरा अकिको किताजावा टोयोको आओकी, जोन्टा इन्टरनेशनल क्लब मात्सुमोटोका कर्मचारी मासाको फुरुहाता, जोन्टा इन्टरनेशनल क्लब मात्सुमोटोका अध्यक्ष मासाशी तोदोरिकी, एक्वा रिजेरेसन को क्रिएशन रिसर्च सेन्टर, शिनशु विश्वविद्यालयका सहायक प्राध्यापक सातोशी मारुयामा, जापान, लगायतका सदस्यहरु हुनुहुन्थ्यो ।



