५ कात्तिक, २०८१
नेपालले साफ वुमन्स च्याम्पियनसिप २०२४ मा माल्दिभ्स विरुद्ध ११(० को फराकिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि रेखा पौडेलको एक्लैले पाँच गोल गरिन् । यस्तै प्रीति राईले ह्याट्रिक गरिन् भने सविता राना मगर, अनिता केसी र अमिसा कार्कीले एक(एक गोल गरे। साफ वुमन्स च्याम्पियनसिपमा पहिलो जित पछि दुई खेलबाट ४ अंक जोडेर नेपाल समूह बी मा शीर्ष स्थानमा रहेको छ ।
नेपालको समुह ख मा रहेको छ उक्त समुहमा १. नेपाल २. श्रीलंका ३.माल्दिभ्स र ४. भुटान रहेका छन । नेपालले समूह चरणको अन्तिम खेल श्रीलंकासँग बिहीबार खेल्नेछ भने माल्दिभ्सले पनि त्यही दिन भुटानसँग खेल्नेछ । समुह क मा १. भारत २. पाकिस्तान ३. बंगलादेश रहेका छन ।

