१४ असोज, नेपालको जितमा गुलशन झाले १७ बलमा ३ चौका र ३ छक्कासहित ४० रनको अविजित इनिङ खेलेका थिए। दीपेन्द्रसिंह ऐरी ५ बलमा २ छक्का र १ चौकासहित १८ रनमा नट आउट रहे ।आसिफ शेख २२ बलमा १ चौका र २ छक्का तथा अनिल साहले २१ बलमा ३ चौका र १ छक्कासहित २७(२७ रन बनाए । देव खनाल र कप्तान रोहित पौडेल २(२ रनमा आउट भए ।कुशल मल्ल २६ बलमा २ चौका र २ छक्कासहित ३० तथा कुशल भुर्तेल १७ बलमा १ चौका र १ छक्कासहित २० रनमा आउट भए ।
त्रिकोणात्मक टी-२० आई सिरिजमा ओमानलाई नेपालले ३७ रनले हरायो .
1 Min Read

