Close Menu
    What's Hot

    भक्तपुर प्रहरीद्धारा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ ।

    पाकिस्तानको ब्रड पिक हिमपहिरोमा परी बेपत्ता भएका सबै आरोहीहरुको निधन । प्रधानमन्त्री बालेन शाहद्धारा आरोहीहरुको निधनप्रति दुःख व्यक्त।

    उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि आयल निगम टेकुबाटै एलपी ग्यास वितरण सुरु ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १८ श्रावण २०८३, सोमबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १८ श्रावण २०८३, सोमबार

    काभा वुमन्स भलिबल : फेरी पनि भारतसामू स्तब्ध बन्यो नेपाल

    August 8, 20244 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं, २४ साउन – काभा वुमन्स नेसन्स भलिबल लिगको उपाधि भारतले जितेको छ । नेपाललाई तीन, दुई सेटले पराजित गर्दै भारतले उपाधि जितेको हो । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलको पहिलो सेट नेपालले २५–२३ ले जितेको थियो । दोस्रो सेट भारतले २५–१४ ले जित्यो ।

    तेस्रो सेट नेपालले २५–२२ अंकले आफ्नो पक्षमा पार्दा चौथो सेट भारतले २५–२१ ले जित्यो । पाँचौ सेट भारतले नेपाललाई १५–५ ले जितेको हो । यसअघि सन् २०१९ मा नेपालमा नै भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको फाइनलमा नेपाल भारतसँग फाइनलमा ३-२ ले पराजित भएको थियो । त्यतिबेला पनि निर्णायक पाचौं सेटमा ६-१५ ले गुमाउँदै नेपाल स्वर्ण जित्नबाट चुकेको थियो ।

    प्रतियोगितामा सहभागी भारत, इरान, श्रीलंका, माल्दिभ्स गरी सबै टिमलाई पराजित गरेको नेपालले उपाधि भने जित्न सकेन ।

    नेपालले गत शनिबार मात्रै प्रतियोगिताको लिग चरणमा भारतलाई इतिहासमै पहिलो पटक ३–२ को सेटमा हराएको थियो । त्यही सोचका साथ खेल सुरु हुनुभन्दा ४१ मिनेट अघि नेपाल कोर्ट प्रवेश गरेको थियो ।

    एक हजार मात्रै सिट क्षमता भएको दशरथ रंगशाला भलिबल कभर्डहलमा नेपालको खेल सुरु हुनु भन्दा एक घण्टा अघि नै खचाखच भरिएको थियो । देशभरबाटै निकै महत्वका साथ यो खेल हेरिएको थियो ।

    यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी ओपन स्पाइकर निरुता ठगुन्नाले पहिलो सेटमा तीन अंक लिँदै नेपालका लागि राम्रो सुरुवात दिलाएकी थिइन् । नेपालले लिग चरण र सेमिफाइनलमा इरानविरुद्ध गरेको प्रदर्शनलाई निरन्तरता दिने संकेत दिएको थियो ।

    त्यसपछि निरुताको प्रदर्शन राम्रो रहेन । इरानविरुद्ध सेमिफाइनल खेलेको २४ घण्टामै नेपाल पुन फाइनल खेल्न कोर्टमा फर्किएको थियो । कप्तान अरुणा शाहीको गल्तीमा अंक पाएको भारतले त्यसपछि लगातार चार अंक जोडेपछि नेपालले पहिलो टाइम आउट लिएको थियो ।

    त्यसपछि खेलमा निरन्तर प्रतिस्पर्धा भयो । दुबै टिम अंकमा अघि र पछि भइरहे । १०–१० को स्थितिबाट भारतले दुई अंकको अग्रता लियो । निरुताको स्पाइक सूर्याले ब्लक गरेपछि भारत अघि थियो । सूर्या र अनुश्रीको प्रदर्शनमा भारतले एक समय चार अंकको अग्रता लिदा १८–१४ को अवस्थामा थियो ।

    लामो समयसम्म चलेको र्‍यालीमा उषाले नेपाललाई १५ औं अंक दिलाएकी थिइन् । भारतीय सेटको गल्ती र उषाको शक्तिशाली स्पाइकमा नेपाल १७–१८ को अवस्थामा पुगेको थियो । त्यसपछि भारतले अंक जोड्दै भारत २१–१७ को मजबुत अवस्था बनायो । उषा, पुनम चन्द, निरुता र सरस्वती चौधरीले नेपाललाई २३–२३ को बराबरी गरेका थिए ।

    सरस्वतीको स्पाइकमा २४ औं र भारतीय खेलाडीको गल्तीमा २५ औं विजयी अंक बटुलेपछि नेपालले पहिलो सेट जित्यो ।
    तर दोस्रो सेटमा भारतले खेलमा उत्कृष्ट पुनरागमन गर्‍यो । ४–५ को अवस्थाबाट अघि बढेको भारत अनुश्री र सूर्याको ब्लक तथा सलिनीको शानदार स्पाइकमा २५–१४ ले जितेको थियो । नेपालले अपेक्षा गरे भन्दा निकै खराब प्रदर्शन थियो । उषा र निरुताको स्पाइकलाई भारतीय ब्लकरले निरन्तर असफल पारे ।

    तेस्रो सेटमा पुन नेपालले ४–१ को राम्रो सुरुवात गर्‍यो । तर भारतले त्यसपछि लगातार तीन अंक जोड्दै बराबरी गरेको थियो । भारतीय खेलाडीले सर्भिस, स्पाइक र ब्लकमा कमजोर प्रदर्शन गरेपछि नेपालले १३–८ को मजबुत सुरुवात गरेको थियो ।

    नेपाली खेलाडीको राम्रो प्रदर्शन भन्दा भारतीयको गल्तीमा निरन्तर अंक पाएको थियो । नेपाल १९–१४ को अवस्थामा पुगेपछि सहज जित देखिएको थियो । नेपालले तेस्रो सेट २५–२२ ले जितेको थियो । तेस्रो सेट जितेसँगै नेपालले खेल २–१ को अग्रता लिएको थियो ।

    नेपाललाई उपाधि जित्न बाँकी दुईमध्ये एक सेट जिते हुन्थ्यो । तर नेपालले दुबै सेटमा हार्न पुग्यो । चौथो सेटमा सरस्वतीको स्पाइक सूर्याले ब्लक गर्दै अघि बढेकी थिइन् । अनुश्रीले सर्भिस कटाउन नसक्दा २–२ को बराबरी भयो । तर अनुश्री र सूर्याको ब्लक सामु नेपालका स्पाइकर चल्न सकेनन् । उषा र कविता भट्टको स्पाइक लगातार ब्लक गरेपछि भारत ९–५ ले अघि बढ्यो ।

    सूर्या र अनुश्रीको उत्कृष्ट प्रदर्शनमा भारत १३–८ को मजबुत अवस्थामा हुँदै खेल पाँचौं सेटमा लम्ब्याउने संकेत दिएको थियो । नेपाललाई निर्णायक जस्तै मानिएको चौथो सेट १६–१८ को अवस्थामा उषाको स्पाइक चेक आउट गएपछि नेपालले दुई अंक लगातार गुमाउँदा २०–१६ को अवस्थामा भारत अगाडि रह्यो ।

    सफिया पुनले भारतको अंकमा ब्रेक लगाएपनि नेपालले ओभर ल्यापको कारण पुन अंक दियो । सरस्वतीको चलाखीपूर्ण खेलले खेलको अन्त्य तिर २०–२३ को अवस्था बनेको थियो ।

    तर भारतीय खेलाडीले सलिनाले सेटरलाई दिएको बललाई सिधैं ब्लक गरेपछि जितको आशा लगभग सकिएको थियो ।
    भारतले चौथो सेट २५–२१ ले मात्रै जितेन उपाधि जित्ने आशा पनि कायम राख्यो ।

    निर्णायक पाँचौं सेटमा सूर्याले सलिना श्रेष्ठलाई सानदार स्पाइक हान्दै अंक जोडेकी थिइन् । भारतले सरस्वतीको दुई स्पाइक रोकेपछि नेपाल दबाब सम्हाल्न सकेन । नेपाली खेलाडीमाथि हाबी बनेका भारतीय ब्लकर र स्पाइकरले पाँचौं सेटमा एकछत्र प्रदर्शन गरे ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    भक्तपुर प्रहरीद्धारा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ ।

    पाकिस्तानको ब्रड पिक हिमपहिरोमा परी बेपत्ता भएका सबै आरोहीहरुको निधन । प्रधानमन्त्री बालेन शाहद्धारा आरोहीहरुको निधनप्रति दुःख व्यक्त।

    उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि आयल निगम टेकुबाटै एलपी ग्यास वितरण सुरु ।

    प्रधानमन्त्रीको सम्बोधन ।

    शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया सम्पन्न ।

    राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा चल्दै ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    Don't Miss
    Main News

    भक्तपुर प्रहरीद्धारा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ ।

    २०८३ साउन १८, सोमबार । दुर्गा प्रसाईंले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर आन्दोलन गर्ने घोषणा…

    पाकिस्तानको ब्रड पिक हिमपहिरोमा परी बेपत्ता भएका सबै आरोहीहरुको निधन । प्रधानमन्त्री बालेन शाहद्धारा आरोहीहरुको निधनप्रति दुःख व्यक्त।

    उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि आयल निगम टेकुबाटै एलपी ग्यास वितरण सुरु ।

    प्रधानमन्त्रीको सम्बोधन ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना