Close Menu
    What's Hot

    प्रेस काउन्सिलद्वारा आईसीयूभित्र अन्तर्वार्ता लिने सुरजसिंह ठकुरी, सैनिक अस्पताल र मेडिकल काउन्सिललाई पत्राचार

    ‘अरे, रे’ले निम्त्याउछ द्वन्द्व, निश्चित प्रमाण नभई सुनेको भरमा अरु कसैलाई नहोच्याउ ।

     नेपाली क्रिकेट : एसीसी पुरुष प्रिमियर कपको उपाधी जित्दै सन २०२७ जुनमा बंगलादेशमा हुने एसिया कपका लागी छनौट ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    ३० भाद्र २०८३, मंगलवार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    ३० भाद्र २०८३, मंगलवार

    सूचना-प्रविधि राष्ट्रिय सुरक्षाको महत्वपूर्ण अङ्ग- प्रधानमन्त्री दाहाल

    March 3, 20242 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौँ, २० फागुन  – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको गुणात्मक विकास र साइबर सुरक्षाबाट देशको स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने अवस्था आएको बताउनुभएको छ ।

    ‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता, भविष्यमा रोजगारी’ विषयक वैज्ञानिक सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्रीले सूचना प्रविधिको गुणात्मक विकाससँगै राष्ट्रियताको परिभाषामा व्यापक हेरफेर आएको बताउनुभयो ।

    “आजको परिस्थितिमा देशको सार्वभौमिकता, अखण्डता, सम्प्रभुता, आन्तरिक एकता र सद्भाव जस्ता पक्षहरूको केन्द्रमा सूचना प्रविधि आएको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “देशभित्रै सूचना प्रविधिको गुणात्मक विकास र साइबर सुरक्षाले नै देशको स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने ठाउँमा सिङ्गो विश्व आइपुगेको तथ्य हामीले हेक्का राख्नैपर्छ ।” उहाँले कृत्रिम बौद्धिकका बहुआयामिक लाभ र केही चुनौतीको गम्भीर अध्ययन गरी आवश्यक नीतिहरू तर्जुमा गर्न अब ढिलाइ गर्न नहुने बताउनुभयो ।

    कृत्रिम बौद्धिकता प्रविधिमा असीम सम्भावनाहरू रहे पनि रोजगारी विस्थापन, पूर्वाग्रह र निष्पक्षताका सवाल, गोपनीयताका सवालहरूमा चुनौती पैदा भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले साइबर सुरक्षा, नैतिक दुविधा, सामाजिक विग्रह, निर्भरता र स्वायत्तता, आदिका कारणले समाजमा थप असमानताहरू थपिन सक्ने जोखिम औंल्याउनुभयो ।

    नेपालको गरिबी र न्यून आर्थिक विकासको चक्रलाई तोड्न कृत्रिम बौद्धिकता प्रविधिले सुशासन ‘४.०’ जस्ता अवधारणालाई अङ्गीकार गर्न अपरिहार्य रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कृत्रिम बौद्धिकता विकासका लागि ‘एआई इकोसिस्टम’  विकासमा आवश्यक पहल लिनैपर्ने अवस्था आएको उल्लेख गर्नुभयो ।

    प्रधानमन्त्री प्रचण्डले कृत्रिम बौद्धिकता प्रविधिको प्रयोगले सरकारी नीति निर्माण र सुशासन अभिवृद्धिमा टेवा पुर्‍याउने विषयहरू, विद्यालय तथा उच्च शिक्षामा कृत्रिम बौद्धिकताबाट हासिल गर्न सकिने नतिजाहरू, कम्प्युटेसनल तथा अन्य पूर्वाधारको आवश्यकता, देशमा सञ्चालित अनुसन्धान परियोजना र तालिमहरू, विकासका कार्यहरूलाई त्यस्तो प्रणालीमा जोड्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    प्रेस काउन्सिलद्वारा आईसीयूभित्र अन्तर्वार्ता लिने सुरजसिंह ठकुरी, सैनिक अस्पताल र मेडिकल काउन्सिललाई पत्राचार

    ‘अरे, रे’ले निम्त्याउछ द्वन्द्व, निश्चित प्रमाण नभई सुनेको भरमा अरु कसैलाई नहोच्याउ ।

    योगमाता केईको ऐकावा, महाँयोग फोउन्डेशन र पाइलट बाबा आश्रमद्धारा नेपालका बाढी पिडितको लागी राहत सहयोग ।

    राष्ट्रिय विज्ञापन संघ नेपालद्वारा नुवाकोटका बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण ।

    अनलाइनबाट मार्फत हुदै आएका सूचना तथा टेन्डर अब कागजी प्रक्रिया मार्फत ।

    काठमाडौँ महानगर पालिकाले जलन उपचारका लागि अस्पताललाई २ करोड र लक्षित वर्गलाई २ लाखसम्म निःशुल्क उपचार प्रदान गर्ने ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Main News

    प्रेस काउन्सिलद्वारा आईसीयूभित्र अन्तर्वार्ता लिने सुरजसिंह ठकुरी, सैनिक अस्पताल र मेडिकल काउन्सिललाई पत्राचार

    प्रेस काउन्सिलद्वारा आईसीयूभित्र अन्तर्वार्ता लिने सुरजसिंह ठकुरी, सैनिक अस्पताल र मेडिकल काउन्सिललाई पत्राचार २०८३ भाद्र…

    ‘अरे, रे’ले निम्त्याउछ द्वन्द्व, निश्चित प्रमाण नभई सुनेको भरमा अरु कसैलाई नहोच्याउ ।

     नेपाली क्रिकेट : एसीसी पुरुष प्रिमियर कपको उपाधी जित्दै सन २०२७ जुनमा बंगलादेशमा हुने एसिया कपका लागी छनौट ।

    योगमाता केईको ऐकावा, महाँयोग फोउन्डेशन र पाइलट बाबा आश्रमद्धारा नेपालका बाढी पिडितको लागी राहत सहयोग ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना