२०८२ चैत्र २६ गतेका मुख्य २६ राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु
२०८२ चैत्र २६, बिहिबार ।
१. राष्ट्रपति पौडेलद्वारा संसद सम्बोधनको तयारी रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई चैत्र २७ गते शुक्रबार सम्बोधन गर्ने तयारी।
२. प्रधानमन्त्रीको कूटनीतिक शैलीमा नयाँ अभ्यास प्रधानमन्त्रीसँग राजदूतहरूको सामूहिक भेट बालेन्द्र शाह ले एकैदिन १७ देशका राजदूतसँग संयुक्त भेटघाट गर्दै नयाँ कूटनीतिक अभ्यास सुरु गरे।
३. मन्त्रीहरुलाई विदेश नीति सम्बन्धी ब्रिफिङ परराष्ट्र मन्त्रालयले कूटनीतिक आचारसंहिताबारे जानकारी दियो, सरकारको अन्तर्राष्ट्रिय व्यवहार सुदृढ बनाउन प्रशिक्षण दिइएको हो।
४. नेपालको आर्थिक वृद्धि दर घट्ने अनुमान बिश्व बैकले नेपालको आर्थिक वृद्धि २.३ प्रतिशत मा झर्ने प्रक्षेपण गरेको छ।
५. सार्वजनिक यातायात भाडा वृद्धि इन्धन मूल्य वृद्धि पछि यातायात भाडा समायोजन गरिएको छ। यात्रुवहाक यातायातमा १६.७१ प्रतिशत र पहाडी बाटोका मालबहाक साधनमा २१.६८ र तराईमा चल्ले मालबहाक साधनमा १५.७५ प्रतिशत भाडा बढेको छ । तर उक्त बढेको भाडा विद्युतीय सवारीमा लागू नहुने ।
६. उपसभामुख चयन प्रक्रिया अगाडि बढ्यो
७. संविधान संशोधनबारे छलफल तीव्र
८. काठमाडौं उपत्यकामा मौसम परिवर्तन
९. नेपालले पश्चिम एसियामा युद्धविराम स्वागत गर्यो नेपाल सरकारले अमेरिका–इरानबीच भएको युद्धविरामलाई सकारात्मक कदम भनेको छ।
१०. स्विस राजदूत र गृहमन्त्रीबीच भेट
११. नेपालद्वारा अमेरीका र इरान बिच भएको युद्धविरामको स्वागत
१२. शिक्षा मन्त्रालयले गैरकानुनी रूपमा विद्यार्थीबाट उठाइएका शुल्क फिर्ता गर्न निर्देशन
१३. शिक्षा तथा स्वास्थ्य सेवा क्षेत्रमा सुधारको तयारी
१४. नागरिकका समस्या र गुनासा सम्बोधन गर्न महानिरीक्षक दान बहादुर कार्कीको निर्देशन
१५. भ्रष्टाचार नियन्त्रणमा कडाइ, अनियमितता विरुद्ध निगरानी बढाइने, अख्तियारको सक्रियता बढेको छ।
१६. स्थानीय तहमा बजेट तयारी सुरु, आगामी आर्थिक वर्षका लागि योजना निर्माण, विकास परियोजनामा प्राथमिकता निर्धारण हुँदैछ।
१७ कृषि उत्पादन बढाउने रणनीति, आत्मनिर्भरता लक्ष्यसहित नयाँ कार्यक्रम, किसानलाई प्रोत्साहन दिने नीति ल्याइँदैछ।
१८ ऊर्जा क्षेत्रमा लगानी बढ्ने संकेत, जलविद्युत् परियोजनामा निजी क्षेत्र आकर्षित, विद्युत् निर्यात लक्ष्य राखिएको छ।
१९.पर्यटन प्रवर्द्धन अभियान, नेपाल भ्रमण वर्षको तयारी तीव्र, विदेशी पर्यटक भित्र्याउने रणनीति बनाइँदैछ।
२० सडक विस्तार कार्य तीव्र, मुख्य राजमार्ग स्तरोन्नति जारी, यातायात सहज बनाउने लक्ष्य राखिएको छ।
२१. सूचना प्रविधिमा लगानी बढ्दै डिजिटल नेपाल अभियानमा प्रगति, अनलाइन सेवाहरू विस्तार हुँदैछन्।
२२. बैंकिङ क्षेत्रमा कडाइ ऋण प्रवाहमा नयाँ मापदण्ड लागू आर्थिक अनुशासन कायम गर्ने प्रयास।
२३. कांग्रेसका पूर्व सभापती शेरबहादुर देउवा र आरजु राणालाई पक्राउ पूर्जि जारी ।
२४.लेबनानमा शान्ति सैनिकको मृत्यु इजरायली आक्रमणमा ३ जना इन्डोनेसियाली शान्ति सैनिक मारिएको रिपोर्ट।
२५ भारतमा अवैध प्रवेश गर्ने दुई ब्रिटिश नागरिक जेल नेपालबाट भारत प्रवेश गर्दा पक्राउ, ६ महिना जेल सजाय। २६.पूर्वगृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय विरूद्धको रिट खारेज

