आज दिउँसो सङ्घीय संसदका दुबै सदन (प्रतिनिधिसभा र राष्ट्रिय सभा)को बैठक बस्दै ।
२०८२ चैत्र २५, बुधबार ।
सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित कार्यतालिका अनुसार, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ ।
आजको बैठकमा निम्न प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूचि रहेको छ
१.प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने,
२. अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव,
३. अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्ताव पेस गर्ने,
४. सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र वाचन गरेर सुनाउने कार्यक्रम छ ।
यस्तै गरी राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्दैछ । राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यक्रम छ ।
आज दिउँसो सङ्घीय संसदका दुबै सदन (प्रतिनिधिसभा र राष्ट्रिय सभा)को बैठक बस्दै ।
1 Min Read

