डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त भएसँगै लिए शपथ ।
२०८२ चैत्र २५, बुधबार ।

हिजो मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त गरेको छ । दुई वटा डेपुटी गभर्नर पद रिक्त भएकोमा एक जना मात्रै नियुक्त
भएपछि धेरैले यस विषयमा चासो राखेका छन्। ‘अहिले दुवै डेपुटी एकै पटक बाहिरिँदा गभर्नर कहीँकतै जान नमिल्ने, काममा समस्या आउने भइरहेको थियो,’ स्रोतले भन्यो, ‘त्यसैले अहिले एक जना मात्रै नियुक्त गरिएको हो। अर्को डेपुटी गभर्नरमा जुनसुकै
समयमा पनि नियुक्ति हुन सक्छ । डेपुटी गभर्नरको अवधि पाँच वर्षको हुन्छ।
नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले हिजै मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष उनले शपथ लिई पदबहाली समेत गरे । मन्त्रपरिषद्को मंगलबार बसेको बैठकले पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गरेको थियो । शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले डेपुटी गभर्नर पण्डितलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको निम्ति शुभकामना दिएका थिए ।


